सबै समाचार

1003 Posts
हेटौंडा–१२ मा १५ सयभन्दा बढी नयाँ मतदाता

हेटौंडा–१२ मा १५ सयभन्दा बढी नयाँ मतदाता

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा रिक्त वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा १५ सयभन्दा बढी नयाँ मतदाताले सहभागीता जनाउने भएका छन् । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ५ सय ८८ जना नयाँ मतदाताले सहभागीता जनाउने भएका हुन् । तीमध्ये एक जना अल्पसंख्यक (तेस्रो लिङ्गी) रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार, नयाँ थपिएसँगै आसन्न उपनिर्वाचनमा कुल ८ हजार ५ सय ५३ जना मतदाताले सहभागीता जनाउनेछन् । जसमा जसमा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष छन् । उपनिर्वाचनको लागि…
Read More
द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

मकवानपुर । द भोईस अफ नेपालका चर्चित कोच गायक प्रमोद खरेल सिजन ६ मा नहुने समाचार बाहिरिएपछि दर्शकहरु आक्रोशित बनेका छन् । शोमा सबैका प्रिय कोचका रुपमा देखिएका कोच प्रमोद खरेललाई अन्तिम समयमा किन आउट गरियो भन्दै दर्शकहरुले कारण सोधिरहेका छन् । यस विषयमा भोईस टिमबाट भने कुनै जवाफ आएको छैन । आखिर किन भए त गायक प्रमोद खरेल भोईसबाट आउट ? के हो वास्तविकता ? द भोईस अफ नेपाल सिजन ६ का ४ जना कोचहरुका विषयमा भोइसको टिमबाट औपचारिक घोषणा त भएको छैन । कोचमा गायक राजु लामा फर्कने विषय भने निश्चित भएका कारण यसबारे प्रोमो नै सार्वजनिक भएको…
Read More
हेटौँडा १२ मा पद १, उम्मेदवार १४

हेटौँडा १२ मा पद १, उम्मेदवार १४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन अन्तरगत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले यही मंसिर १६ गते हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । उनका अनुसार, वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फकाट बलराम बलले मनोनयन दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
Read More
हेटौडा-१२ मा नगरकोटीको उम्मेदवारी दर्ता

हेटौडा-१२ मा नगरकोटीको उम्मेदवारी दर्ता

मकवानपुर । हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक रहेका छन्। ८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
Read More
हेटौडा-१२ को वडाध्यक्षमा नेकपा समाजवादीका बलद्वारा उम्मेदवारी दर्ता

हेटौडा-१२ को वडाध्यक्षमा नेकपा समाजवादीका बलद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)का तर्फबाट बलराम बलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा देवेन्द्रप्रसाद पराजुली प्रस्तावक र शुक्रदेवी बल समर्थक रहेका छन्। ८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
Read More
हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार हेटौंडा–१२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरेका हुन् । यसअघि भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा–१२ नम्वर वडाध्यक्षमा निर्वाचित भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) का प्रमुख बनेसँगै सो पद रिक्त रहेको थियो । रिक्त रहेको उक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । त्यसको लागि प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान केन्द्र…
Read More
हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ प्रतियोगिता हुने

हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ हुने भएको छ । मंसिर ४ गते मंगलबार हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमलाई मंगलबार विहान ७ बजे हेटौंडाको बुद्धचोकमा उद्धाटन गरिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले बताए। हेटौंडाको बुद्धचोक हुँदै भैरवरोड, लक्ष्मि आधारभूत विद्यालय स्कुल, सुर्यचोक, नवोदय स्कुल पार गर्दै, सत्यमचोक, थाहाचोक, सितलमहल चोक, ओमभवन हुँदै पुन बुद्धचोकमा आएर समापन हुने दौड ५ किलोमिटर दुरीको हुने बताइएको छ । ३ लाख रुपैँयाको लागतमा हुने…
Read More
खेलकुद मन्त्री महर्जनद्वारा सय दिने उपलब्धि सार्वजनिक

खेलकुद मन्त्री महर्जनद्वारा सय दिने उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफ्नो नियुक्ति पश्चात सय दिनमा हाँसिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् । गत साउन ९ मा मन्त्री नियुक्त भएका उनले आफुले सम्हालेको मन्त्रालय अन्तर्गत सम्पन्न मुख्य कार्य तथा उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले आफुले सो मन्त्रालयको पद सम्हालेपछि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पदक बिजेता खेलाडीहरुलाई पुरस्कार रकमको व्यवस्था गरी पुरस्कृत गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । यस्तै, उनले गौरीटार अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण योजनाको ठेक्काको म्याद थप गरिएको, चौतारा रंगशाला निर्माण योजनाको म्याद थप सम्बन्धी फायल प्रकृया संगत नदेखिएकोले म्याद थप सम्बन्धी फायल अस्वीकृत गरिएको, मन्त्रालय वा अन्तर्गत सरुवा तथा…
Read More
मुख्यमन्त्री लामाको १०० दिनको उपलब्धि सार्वजनिक

मुख्यमन्त्री लामाको १०० दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री बहादुर सिं लामाले आफु मुख्यमन्त्री बनेको १०० दिनमा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत सार्वजनिक सेवा प्रवाह, प्रशासनिक खर्च व्यवस्थापन र विपद्को क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्नुभएको छ । प्रदेशभित्र विपद् द्रुत प्रतिकार्य समुह गठन देखि गत असोज ११ र १२ गतेको बाढीपहिरोको कारण घाइते भएकाहरुको निःशुल्क उपचार गरिएको विषयलाई मुख्यमन्त्री लामाले आफ्नो एक सय दिनको उपलब्धिमा समावेश गर्नुभएको छ । सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच स्थापित गर्न विषयगत कार्यालयको स्थापनामा जोड दिइएको मुख्यमन्त्री लामाले बताउनुभयो । भौतिक पूर्वाधार विकासको कार्यलाई…
Read More

हेटौंडा उपमहानगरले मलद्वार नभएका बालकको उपचारमा सहयोग गर्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मलद्वार नभएका बालको उपचारमा सहयोग गर्ने भएको छ । खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका १८ महिने बालक आरोन स्याङतानले अब हेटौंडा उपमहानगरपालिका सहयोगबाट पूर्ण उपचार पाउने भएका हुन् । हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बालकको उपचारका लागि सहयोग प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । अहिले ३ लाख ५० हजार खर्च लाग्छ भनिएको छ त्यो खर्च उपमहानगरले व्यहोर्ने सोमबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरेको नगर प्रमुख लामाले बताइन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.