सबै समाचार

1003 Posts
पदभार ग्रहण सँगै सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट नदिने घोषणा

पदभार ग्रहण सँगै सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट नदिने घोषणा

मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको परिसरमा रहेको भवनमा मन्त्रालय राखेर पदभार ग्रहण गरेका हुन् । मन्त्रीको सपथ खाएको १११ औं दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभार ग्रहण गरेका हुन् । गत साउन ९ गते मन्त्री पदमा नियुक्त हुँदै पद तथा गोपनियताको सपथ खाएका मन्त्री श्रेष्ठले गत कार्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई दिइने मन्त्रालयको टुंगो लगाएको थियो । प्रदेशमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिवी निवारण…
Read More
हेटौंडामा ‘भिक्षु, व्यापार र विद्रोह’ तथा ‘हिमालपारिको हुरी’ कृतिमाथि विमर्श

हेटौंडामा ‘भिक्षु, व्यापार र विद्रोह’ तथा ‘हिमालपारिको हुरी’ कृतिमाथि विमर्श

मकवानपुर । हेटौंडामा पत्रकार सुधीर शर्माका दुई कृति भिक्षु, व्यापार र विद्रोह तथा हिमालपारिको हुरी माथि विमर्श गरिएको छ ।गत भदौ महिनामा प्रकाशनमा आएको शर्माका दुई कृतिमाथि शुक्रबार विद्यार्थी, पाठक एवं प्राज्ञिक व्यक्तिहरुको उपस्थितीमा विमर्श गरिएको हो । शर्माको पुस्तक भिक्षु, व्यापार र विद्रोहले नेपाल, भारत र चीन बिचको सम्बन्धको बारेमा उल्लेख गरिएको छ भने हिमालपरिको हुरी नेपाल र चीन सम्बन्धको विषयमा केन्द्रित रहेको छ । लेखक शर्माले नेपालले चीन र भारत दुबै देशलाई बुझ्न जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । भारतसँगको खुला सिमाना, भाषागत, साास्कृतिक लगायतका कारण भारत बुझ्न सहज भएतापनि चीनलाई बुझ्न कठिन रहेको धारणा राख्नुभयो । लेखक शर्माले…
Read More
हेटौंडा ११ मा जोखिममा परेका युवा युवती लक्षित कार्यक्रम गरिने

हेटौंडा ११ मा जोखिममा परेका युवा युवती लक्षित कार्यक्रम गरिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा युवायुवतीहरु बिचमा जीवन उपयोगी तथा जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । अराइज एण्ड साइन नेपाल संस्थाले हेटौँडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै जन चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो । राष्टिय योजना आयोगको सचिवालय तथा तथ्याङ्क विभागका अनुसार कडा लागुपदार्थ सेवन गर्ने अधिकांश व्यक्ति एसईई तथा १० कक्षा उत्तीर्ण र तल्ला कक्षाका विद्यार्थीहरू लगभग ७० प्रतिशत रहेका छन् । यस्तो किसिमको विकराल समस्या देखिनुको मुख्य कारण ८२ प्रतिशत भन्दा बढी साथीहरुको दबाब र संगत रहेको कार्यक्रम संयोजक राधिका लामाले बताईन। साथै हेटौंडा उपमहानगरपालिकाका विभिन्न ठाउँहरुमा सर्वेक्षण गर्दा हेटौंडा वडा नम्बर…
Read More
हेटौँडाको गौरीटार रंगशाला, कति बन्यो ? कति बाँकी ?

हेटौँडाको गौरीटार रंगशाला, कति बन्यो ? कति बाँकी ?

मकवानपुर । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य समयभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिनसमेत आग्रह गरे । उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको बताए । राज्यका निकायका कमिकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न…
Read More
धर्मका नाममा कसैलाई पनि अनादर नगर्न बानियाँको आग्रह

धर्मका नाममा कसैलाई पनि अनादर नगर्न बानियाँको आग्रह

मकवानपुर । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका छन् । हेटौंडा-१७ गैरीगाउँमा आजबाट शुरू भएको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रममा बोल्दै बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका हुन् । उनले धर्म व्यक्तिले धारण गर्ने विषय भएकाले धर्मका नाममा अरूलाई अनादर गर्न नहुनेमा जोड दिए । उनले पूर्वीय दर्शनको सकारात्मक पक्षको प्रवर्द्धन गर्न आग्रह गरे । उनले धर्मले सत्य र ठिकको बाटोमा अघि बढ्न सुझाएको भन्दै धार्मिक व्यक्तित्वले आफुले प्राप्त ज्ञानलाई समाज सुधारमा लगाउनु जरूरी रहेको स्पष्ट पारे । पूर्वीय दर्शनको…
Read More

हेटौंडा–१२ मा २ जनाले लिए उम्मेदवारी फिर्ता

मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । वडा नं. १२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । दुई जनाको उम्मेदवारी फिर्तासंगै अब उक्त वडाको वडाअध्यक्ष पदमा १२ जनाको उम्मेदवारी रहेको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तान र कुमार पोखरेल रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी फिर्ता लिए पश्चात युनेश लामा स्याङ्तानले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा…
Read More

स्थानीय तह उपनिर्वाचनमा ३१ जनाको उम्मेदवारी फिर्ता

मकवानपुर । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार…
Read More
आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनको तालिकाअनुसार आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको हो । त्यसअघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय तोकिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपश्चात दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेर दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । देशभरका कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।
Read More
उपनिर्वाचनमा बागमतीबाट ७ पदको लागि १०२ जनाको मनोनयन दर्ता

उपनिर्वाचनमा बागमतीबाट ७ पदको लागि १०२ जनाको मनोनयन दर्ता

मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको सात पदमा हुने निर्वाचनका लागि १०२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेशको विभिन्न चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । तीमध्ये दुई जना अन्य २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका नगरप्रमुख पदको लागि २० जना, कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा ९ जना, कीर्तिपुर नगरपालिकाकै ४ नं. को वडाध्यक्षमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ…
Read More
तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गित सार्वजनिक गरिने भएको छ। गित आगामी शुक्रबार दिउँसो ३ बजे ‘एचएमएम मिडिया’ युट्युब च्यानलबाट सार्वजनिक गरिने भएको हो। अर्पण थिङले स्वर/संगीत भरेको उक्त गितको भिडियो हुत्त सन्जय लामाको निर्माण तथा निर्देशनमा छायांकन भएको हो । पृथक ढंगको सन्देश मुलक तथा प्रेम कथामा आधारित बनेको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ केहि दिनमै प्रदर्सन हुने तयारीमा रहेको बताइएको छ। यस्तै, पहिलो शो हेटौडाबाटै हुने गरि प्रदर्शनको तयारी रहेको चलचित्रका नायक हेम कुमार तितुङले जानकारी दिए। नायक तितुङका अनुसार चलचित्रमा हुत्त सन्जय लामा, तारा लामा सुनिता लुङ्बा, हेम कुमार लामा (तितुङ),…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.