हेटौंडामा ‘भिक्षु, व्यापार र विद्रोह’ तथा ‘हिमालपारिको हुरी’ कृतिमाथि विमर्श

मकवानपुर । हेटौंडामा पत्रकार सुधीर शर्माका दुई कृति भिक्षु, व्यापार र विद्रोह तथा हिमालपारिको हुरी माथि विमर्श गरिएको छ ।गत भदौ महिनामा प्रकाशनमा आएको शर्माका दुई कृतिमाथि शुक्रबार विद्यार्थी, पाठक एवं प्राज्ञिक व्यक्तिहरुको उपस्थितीमा विमर्श गरिएको हो ।

शर्माको पुस्तक भिक्षु, व्यापार र विद्रोहले नेपाल, भारत र चीन बिचको सम्बन्धको बारेमा उल्लेख गरिएको छ भने हिमालपरिको हुरी नेपाल र चीन सम्बन्धको विषयमा केन्द्रित रहेको छ । लेखक शर्माले नेपालले चीन र भारत दुबै देशलाई बुझ्न जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । भारतसँगको खुला सिमाना, भाषागत, साास्कृतिक लगायतका कारण भारत बुझ्न सहज भएतापनि चीनलाई बुझ्न कठिन रहेको धारणा राख्नुभयो ।

लेखक शर्माले चीनसँगको बेल्ट एण्ड रोड बीआरआइ सम्झौता नेपालका निम्ति उपयुक्त रहेको बताउनुभयो । नेपालमा मात्रै नभई विश्वका सय भन्दा बढी देशले बीआरआई सम्झौता गरेको उल्लेख गर्दै लेखक शर्माले ६ वर्षअघि हस्ताक्षर भैसकेको योजना कार्यान्वयनमा जादा नेपाललाई कुनै फरक नपर्ने धारणा राख्नुभयो ।

साहित्यकार घनश्याम घिमिरेले कायृक्रमको सहजीकरण गर्नुभएको थियो । भूराजनीति, कुटनीति लगायतका विषयमा लेखन रुचि राख्ने शर्माको यसअघि प्रयोगशाला कृति प्रकाशनमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.