जी. न्यौपाने

280 Posts
हेटौंडामा नागरिक धर्ना

हेटौंडामा नागरिक धर्ना

हेटौँडा । हेटौंडामा गैसस महासङ्घ बागगमती प्रदेश समितिले धर्ना कार्यक्रम गरेको छ । ‘लोकतन्त्र , मानव अधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गरौं , अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्दै हेटौंडाको बुद्ध चोकमा बृहत नागरिक धर्ना कार्यक्रम गरिएको गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्माले बताए । चैत १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाएर मार्ने , आम नागरिकको हत्या गर्ने , नागरिकको घरमा तोडफोड , आगजनी , ब्यापारिक महलमा तोडफोड , लुटपाट , चोरी गर्ने र प्रहरी , प्रशासनमाथि ढुङ्गा हान्ने लगायतका जुन किसिमको गतिविधि भयो ती सबै अनागरिक कृयाकलाप भएको अध्यक्ष विश्वकर्माले बताए ।…
Read More
हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा । नवलपुर सरस्वती (बसामाडी( सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनले शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँलेले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचिव सुभद्रा बर्तौलाले जानकारी दिइन् । अहिले ट्वाइलेट , बाथरुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन…
Read More
पत्रकार महासंघलाई पुस्तक सहयोग

पत्रकार महासंघलाई पुस्तक सहयोग

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतमले आफुद्वारा लिखित ‘प्रवासका फूलहरू’ नामक पुस्तक सहयोग गरेका छन् । पत्रकार महासंघ मकवानपुर शाखालालाई उपहारस्वरुप १० वटा पुस्तक प्रदान गरेका हुन् । प्रवासमा रहेर सङ्घर्ष गरिरहेका ३९ जना नेपालीको संघर्षका कथाले पुस्तकको पाना सजिएको छ । आकृति क्रिएशनले प्रकाशन गरेको पुस्तकको वितरक किताब घर रहेको छ । पुस्तक विमोचन युरोपमै गरिएको लेखक गौतमले बताए । लेखक गौतमले नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य तथा पुस्तकालय समितिका सरोज पौडेल , रबिन ढुङ्गानालाई पुस्तक हस्तान्तरण गरेका हुन् । एउटा पुस्तकको मूल्य २० युरो राखिएको छ । लेखक गौतमले महासंघलाई चाहिएको खण्डमा आफुसँग उपलब्ध…
Read More
हेटौँडामा उपयोगीको आयोजनामा रक्तदान कार्यक्रम

हेटौँडामा उपयोगीको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित थानाभरयाङ्गमा अवस्थित सहकारीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए । उपयोगी सहस्राब्दी को ५ औं स्थापना दिवसको अवसरमा गरिएको रक्तदान उपयोगीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा ११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्यद्वय सन्जय बिडारी , बिकास नेपाल , बागेश्वरी बचत तथा ऋण सकारी अध्यक्ष आशा अर्याल , सामुदायिक प्रहरी सेवाकेन्द्रकी सहाय हवल्दार निमा भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
हेटौंडा ९ मा १ महिने वारिष्टा तालिम सुरु

हेटौंडा ९ मा १ महिने वारिष्टा तालिम सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.९ को आर्थिक सहयोग र मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्टको समन्वयमा आजदेखी १ महिने तालिम सुरु भएको छ । मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्ट का प्रतिनिधि मनि कुमार श्रेष्ठ को सभाध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । युवा हरुको बढ्दो वैदेशिक रोजगारी प्रतिको आकर्षण र युवाहरुलाई स्वदेश मा समेत रोजगारिको शृजना गर्ने उदेश्यले तालिम आयोजना गर्न लागिएको वडा अध्यक्ष सुकराम केसिले जानकारी दिनुभयो । तालिममा ९ नम्बर वडाका ४० जना प्रशिक्षार्थिहरु सहभागी रहेका छन ।
Read More
मनहरीमा १०६ जनालाई विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण

मनहरीमा १०६ जनालाई विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँ पालिका ६ नम्बर वडा लोथरस्थित राष्ट्रिय आधारभूत विद्यालय र सोही वडाको हाङ्ग्लाङ स्थित प्रजा विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरिएको छ राष्ट्रिय आधारभूतका ७६ र प्रजा विकासका ३० गरि १०६ जना ( विपन्न परिवारका ) बिधार्थीहरुलाइ बिध्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक तथा समाजसेवी कमल चन्द्र सुमनले जानकारी दिए । पोशाक तथा शैक्षिक सामाग्री द सन अफ लाइटका टीम मेम्बरहरुको आर्थिक सहयोगमा ब्यवस्था गरिएको हो । कार्यक्रममा टीम मेम्बर सुभाष रत्न शाक्य , अमृत बज्र लामा , यज्ञरत्न शाक्य , कमल चन्द्र सुमन , हिमा बिडारी लगायतको…
Read More
नेवारपानीमा विद्यालय भवनको उद्घाटन

नेवारपानीमा विद्यालय भवनको उद्घाटन

मकवानपुर । हेटौंडा १९ नेवारपानी स्थित स्रीजनशील बौद्धनाथ प्राथमिक विद्यालय भवन उद्धघाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको भवन पुनः निर्माणको लागि द सन अफ लाइट नामक संस्थाले आर्थिक सहयोग गरेको थियो । नवनिर्मित भवनको उद्धघाटन बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौंका पुर्व अध्यक्ष सम्पुर्ण कुमार लामा र द सन अफ लाइटका संस्थापक अध्यक्ष शान्तारत्न शाक्यले संयुक्त रुपमा गरेका हुन् । विद्यालयको ६ कोठाको भवन रहेको र ७७ जना बालबालिका अध्ययनरत रहेको कार्यक्रम संयोजक तथा समाजसेवी कमल चन्द्र सुमनले जानकारी दिए ।
Read More
बनकरियालाई बासको चिन्ता

बनकरियालाई बासको चिन्ता

हेटौँडा । हेटौंडाको मनहरी गाउँपालिकामा पर्ने हाँडिखोलाको ट्वाङ्ग्राखोला मुसिधापमा बसोबास गर्दै आएका संरक्षित जाति बनकरियाहरुलाई बसोबासको चिन्ताले सताउन थालेको छ । नेपाल सरकारले मुसिधापमा कबुलियत बनको रुपमा २० वर्षको लागि बसोबास गर्न दिएको कागजको सम्झौता विक्रम सम्वत २०८२ साल बैशाखदेखि सकिँदैछ । लोपोन्मुख जाति बनकरियाको मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ट्वाङ्ग्राखोला मुसिधापमा २५ घरधुरी छ । मकवानपुर जिल्ला बाहेक नेपालको अरु कुनै पनि जिल्लामा यो जातिको बसोबास नरहेको जानकारहरु दाबी गर्छन् । बनमै बस्ने, बनको कन्दमुल खाएर बाँच्ने बनकरियालाई नेपाल सरकारले संरक्षण गर्नुपर्ने लोपोन्मुख जातिको सुचिमा राखेको छ । शहर वरपरका ऐलानी जग्गाहरुमा हुनेखानेले कब्जा जमाएको र गैर नेपालीले समेत…
Read More
त्रिभुवन माविमा पोट्लक तथा शुभकामना आदानप्रदान

त्रिभुवन माविमा पोट्लक तथा शुभकामना आदानप्रदान

हेटौंडा / हेटौँडा ११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विध्यालमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले पोट्लक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । कक्षा ८ का विद्यार्थी चेतनारायण श्रेष्ठको सभाध्यक्षता तथा बिध्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यार्थीहरुलाइ पढाइको साथसाथै प्रतिभा प्रदर्शन कार्यक्रममा सहभागी गराउँदा पढाउन सजिलो भएको र पढाई प्रति विद्यार्थीहरुको रुचि पनि बढेको प्रधानाध्यापक बर्तौलाले बताए । कार्यक्रममा पहिलोपटक माइकमा बोलेको विद्यार्थीहरुले अनुभव गरेकाे बर्तौलाले बताए । कार्यक्रममा उमावि इन्चार्ज अनन्त अधिकारी,सह प्रधानाध्यापक बैकुण्ठ नेपाल, शर्मिला ढकाल, निवर्तमान प्रधानाध्यापक हस्तलाल श्रेष्ठ, निमावि इन्चार्ज रामचन्द्र सुवेदी, प्रावि इन्चार्ज सीता सापकोटा, शिक्षक तथा अनुशासन इन्चार्ज दिपक प्रसाद गौतम…
Read More
हेटौंडा अस्पतालको पक्षमा ४ हजार भन्दा बढी

हेटौंडा अस्पतालको पक्षमा ४ हजार भन्दा बढी

मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वतन्त्र गर्नुपर्छ भन्दै ४ हजार भन्दा बढी नगरवासीहरुले हस्ताक्षर गरेका छन् । हेटौंडा अस्पताल बचाउ अभियान अंतरगत हस्ताक्षर अभियान कार्यक्रममा सहभागी भएर ४ हजार भन्दा बढी मानिसहरूले हस्ताक्षर गरेको अभियानका प्रचारप्रसार संयोजक विशाल राज महतले जानकारी दिए । यदि यो कार्यबाट पनि सुनुवाइ भएन भने ४ हजार भन्दा बढी जनताले सडक आन्दोलनबाट समाधान खोज्ने संयोजक महतले चेतावनी दिए । सरकारी स्वामित्वमा रहेको हेटौँडा अस्पताललाई अमुक पार्टीको पेवा बनाउन खोजिएको अभियानका प्रमुख अभियन्त अधिवक्ता केसव गौतमले बताए । सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको अस्पतालको विषयमा एकचोटी बहस चलिसकेको छ , अर्को बहस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.