हेटौंडा अस्पतालको पक्षमा ४ हजार भन्दा बढी

मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वतन्त्र गर्नुपर्छ भन्दै ४ हजार भन्दा बढी नगरवासीहरुले हस्ताक्षर गरेका छन् ।

हेटौंडा अस्पताल बचाउ अभियान अंतरगत हस्ताक्षर अभियान कार्यक्रममा सहभागी भएर ४ हजार भन्दा बढी मानिसहरूले हस्ताक्षर गरेको अभियानका प्रचारप्रसार संयोजक विशाल राज महतले जानकारी दिए । यदि यो कार्यबाट पनि सुनुवाइ भएन भने ४ हजार भन्दा बढी जनताले सडक आन्दोलनबाट समाधान खोज्ने संयोजक महतले चेतावनी दिए ।

सरकारी स्वामित्वमा रहेको हेटौँडा अस्पताललाई अमुक पार्टीको पेवा बनाउन खोजिएको अभियानका प्रमुख अभियन्त अधिवक्ता केसव गौतमले बताए । सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको अस्पतालको विषयमा एकचोटी बहस चलिसकेको छ , अर्को बहस पनि छिट्टै हुने अधिवक्ता गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.