मकवानपुर । हेटौंडा १९ नेवारपानी स्थित स्रीजनशील बौद्धनाथ प्राथमिक विद्यालय भवन उद्धघाटन गरिएको छ ।
जिर्ण अवस्थामा रहेको भवन पुनः निर्माणको लागि द सन अफ लाइट नामक संस्थाले आर्थिक सहयोग गरेको थियो । नवनिर्मित भवनको उद्धघाटन बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौंका पुर्व अध्यक्ष सम्पुर्ण कुमार लामा र द सन अफ लाइटका संस्थापक अध्यक्ष शान्तारत्न शाक्यले संयुक्त रुपमा गरेका हुन् ।
विद्यालयको ६ कोठाको भवन रहेको र ७७ जना बालबालिका अध्ययनरत रहेको कार्यक्रम संयोजक तथा समाजसेवी कमल चन्द्र सुमनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्