बुधबार बेलुका ५ बजेसम्म निषेधाज्ञा, बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

हेटौँडा । नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुकी ५ बजेसम्म निरन्तर रहने जनाएको छ । सो समयपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू यथावत् रहने सेनाले जानकारी दिएको छ ।

सेनाका अनुसार आन्दोलनका नाममा विभिन्न ठाउँमा अझै पनि अराजक गतिविधि भइरहेका कारण सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको हो ।

जारी सूचनामा सेनाले अत्यावश्यक सेवाका गाडी सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ । एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी निर्वाध रूपमा चल्ने व्यवस्था मिलाइएको जनाएको छ ।

यस्तै, आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न तथा आधिकारिक निकायले जारी गरेका सूचनामा मात्रै विश्वास गर्न नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.