हेटौँडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजना ३६ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ ।
जुनियर रेडक्रस सर्कल अरनिको माबी, हेटौंडा -१९को आतिथ्यतामा आयोजित गोष्ठीलाई रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।
गोष्ठीमा मकवानपुर जिल्लाका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरू गरि ३ सय जनाको उपस्थिति रहेको छ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहालको अध्यक्षता तथा रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती मकवानपुर शाखाका मन्त्री सुमित्रा काफ्ले, हेटौंडा उपमहानगरपालिका १९ नं वडाका वडा अध्यक्ष नरनाथ सुवेदी, मनहरी गाउँपालिका ३ नं वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ४ नं वडा अध्यक्ष प्रकाश थापा,
बिब्यस अरनिको माबीका बिब्यस अध्यक्ष गान्धी घलान,
प्रधानाध्यापक बिष्णु परियार, कार्यक्रम संयोजक राजु घले, शिक्षक नायक बिणाकुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा जुनियर युवा सर्कलको गरेको वार्षिक कार्यक्रमको समीक्षा गरि २०८०/८१ को वार्षिक कार्ययोजना निर्माण, हाजिरीजबाफ प्रतियोगिता, रेडक्रसका आधारभुत ७ सिद्धान्तको नाटक प्रदर्शन सहित नेतृत्व विकास, रेडक्रस अभियान, डेङ्गु सचेतना र विपद व्यवस्थापनको कार्यशालाको आयोजना गरिने नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालले जानकारी दिए ।






























