२०८२ भाद्र १५, आईतवार २०:५० गते
२०८२ भाद्र १५, आईतवार २०:५० गते
हेटौँडा । हेटौँडा–११ डाङडुङेस्थित श्री आनन्द भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनाल ३७ वर्षसम्म सोही विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेर आज औपचारिक रूपमा सेवा निवृत्त हुनुभएको छ। शिक्षा क्षेत्रमा निरन्तर योगदान दिंदै आउनुभएका खनालले विद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विद्यालय परिवारले जनाएको छ। उहाँले समाजमा शिक्षाको प्रकाश फैलाउँदै अज्ञानताको अँध्यारो हटाउन उल्लेखनीय योगदान दिनुभएको भन्दै विद्यालय परिवारले उच्च सम्मान व्यक्त गरेको छ। सेवा निवृत्त जीवन सुखमय र स्वास्थ्यपूर्ण रहोस् भनी विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले खनालप्रति शुभकामना व्यक्त गरेका छन्।