मकवानपुर । हेटौडा ८ कमानेस्थित कालिकामाई टोल विकास संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौडा ८ निमचोकमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सभासद तथा पूर्व मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर समन्वय समितिका ध्रुव प्रसाद अधिकारी र पूर्व वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको संस्थाकी सचिव अर्चना कार्कीले जानकारी दिईन् ।


प्रतिकृया दिनुहोस्































