Day: २०८१ माघ २७, आईतवार ११:०० गते

दोस्रो राष्ट्रिय खुला तेक्वान्दोमा शोणितपुर प्रथम, हेटौँडा दोस्रो

दोस्रो राष्ट्रिय खुला तेक्वान्दोमा शोणितपुर प्रथम, हेटौँडा दोस्रो

मकवानपुर । हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङ प्रथम भएको हो । प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ । प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई हेटौँडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका…
Read More
कमानेमा ३३ जनाले गरे रक्तदान

कमानेमा ३३ जनाले गरे रक्तदान

मकवानपुर । हेटौडा ८ कमानेस्थित कालिकामाई टोल विकास संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौडा ८ निमचोकमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सभासद तथा पूर्व मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर समन्वय समितिका ध्रुव प्रसाद अधिकारी र पूर्व वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको संस्थाकी सचिव अर्चना कार्कीले जानकारी दिईन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.