हेटौँडा अस्पतालकी डाक्टर दुर्घटनामा घाईते

मकवानपुर । हेटौँडा अस्पतालको आईसियुमा कार्यरत एक डाक्टर मोटरसाईकलको चक्कामा सल बेरिँदा घाईते भएकी छिन् । अस्पतालको आईसियु कक्षमा कार्यरत डाक्टर मानस्वी प्याकुरेलको घाँटीमा भएको सल मोटरसाईकलको चक्कामा बेरिएपछि उनी गम्भीर घाईते भएकी हुन् । उनलाई हाल उपचारका लागि न्यूरो अस्पताल काठमाडौँमा लगिएको छ ।

शनिबार छुट्टी मनाउने उदेश्यले श्रीमानसँगै मोटर साइकलमा घुम्न जाने क्रममा आफुले लगाएको सल मोटरसाइकलको चक्कामा बेरिएर लडेपछी उनी गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाईते उनलाई हेटौंडा अस्पताल पुर्याइएको र थप उपचारको लागि काठमाडौ लगिएको हो ।

अस्पताल श्रोतका अनुसार उनको पछाडीपट्टीको टाउको र घाँटी बिचको हड्डीमा समस्या देखिएपछि थप उपचारको लागि न्युरो पठाइएको हो । मोटरसाइकल उनको श्रीमानले चलाएको बताइएको छ । थप बिवरण आउन बाकी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.