Day: २०८३ असार २२, सोमबार १६:१७ गते

विद्यालय तहमा भर्ना भएका आधाभन्दा बढी विद्यार्थीले बीचमै छाड्छन् पढाइ

विद्यालय तहमा भर्ना भएका आधाभन्दा बढी विद्यार्थीले बीचमै छाड्छन् पढाइ

हेटौँडा । नेपालमा विद्यालय तहमा भर्ना भएका विद्यार्थीमध्ये आधाभन्दा बढीले माध्यमिक तहसम्मको अध्ययन पूरा गर्न नसक्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले हेटौँडामा आयोजित विद्यालय शिक्षा सम्बन्धी कार्यक्रममा यस्तो जानकारी दिएका हुन्। राठौरका अनुसार विद्यालय भर्ना दर बढ्दै गए पनि विद्यार्थीलाई विद्यालयमै टिकाइ राख्ने चुनौती अझै गम्भीर छ। विशेषगरी आधारभूत तह पार गरेपछि विद्यालय छाड्ने दर उल्लेख्य रहेको उनले बताए। यसले शिक्षामा पहुँच बढे पनि निरन्तरता कायम गर्न अझै प्रभावकारी प्रयास आवश्यक रहेको देखाएको उनको भनाइ छ। उनले विद्यालय छाड्ने समस्या न्यूनीकरण गर्न अभिभावक, विद्यालय, स्थानीय तह र सम्बन्धित…
Read More
प्रहरीले पनि चाडपर्वमा बिदा पाउनुपर्छ: सदस्य आभा कुमारी

प्रहरीले पनि चाडपर्वमा बिदा पाउनुपर्छ: सदस्य आभा कुमारी

हेटौँडा । मधेसी आयोगकी केन्द्रीय सदस्य आभा कुमारीले प्रहरी कर्मचारीहरूले पनि आफ्नो परिवारसँग चाडपर्व मनाउनका लागि बिदा पाउनुपर्नेमा जोड दिनुभएको छ। हेटौँडा–११ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजित प्रहरीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११ को समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले मधेसी आयोगको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो। प्रमुख अतिथिको रूपमा बोल्दै सदस्य कुमारीले भन्नुभयो, “प्रहरीको ड्युटी सदाबहार हुन्छ, तर भौगोलिक क्षेत्र वा जातजातिको आधारमा ड्युटीको तालमेल मिलाउन सके प्रहरीले पनि आफ्नो…
Read More
प्रदेश कानुन र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

प्रदेश कानुन र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

हेटौँडा । बागमती प्रदेश सरकारद्वारा निर्मित कानुन र तिनको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा हेटौँडामा उक्त कार्यक्रम भएको हो। मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले बागमती प्रदेश सरकारबाट जारी भएका ऐन, अध्यादेश, नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र आदेशहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले प्रदेशमा कानुन निर्माणको काम सन्तोषजनक भए पनि कार्यान्वयन पक्ष भने निकै कमजोर…
Read More
जिल्ला स्तरीय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

हेटौँडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियन हेटौँडाको आयोजनामा जिल्ला स्तरीय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाभरका ७ वटा डोजोबाट ९० भन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। क्योकुशिन कराते संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा सञ्चालित प्रतियोगिताको उद्घाटन सत्रमा हेटौँडा–१८ का वडाध्यक्ष अनिल बानियाँ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ प्रमुख अतिथि हुनुहुन्थ्यो। अग्रज प्रशिक्षक किशोर श्रेष्ठका अनुसार प्रतियोगितामा ३० केजीदेखि ५० केजी तौल समूहसम्मका महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा क्योकुशिन कराते संघका विष्णु श्रेष्ठलगायतका प्रशिक्षक तथा गुरुहरूको उपस्थिति रहेको थियो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.