Day: २०८३ असार ८, सोमबार १९:३१ गते

हेटौँडामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि सचेतना कार्यक्रम सम्पन्न

हेटौँडामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–११ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि एकदिने सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा हेटौँडा क्षेत्रका २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण दासले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोग्नुपर्ने कानुनी जटिलता र न्यायपूर्ण जीवनयापनका लागि प्राप्त हुने कानुनी संरक्षणका विषयमा प्रस्ट पार्नुभएको थियो। त्यसैगरी, मामाघर नेपालका संस्थापक तथा उत्प्रेरक डा. अर्पण पराजुलीले यस समुदायको जीवनयापन र आयआर्जनका लागि विभिन्न…
Read More
हेटौँडा–११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न: शान्ति चोक टोल विकास संस्था विजयी

हेटौँडा–११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न: शान्ति चोक टोल विकास संस्था विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित सरस्वती मितेरी चौरमा सञ्चालित ‘वडाध्यक्ष कप’ फुटबल प्रतियोगिताको उपाधि शान्ति चोक टोल विकास संस्थाले जितेको छ। असार ७ गते सम्पन्न फाइनल खेलमा डाङ्डुङ्गे टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै शान्ति चोक टोल विकास संस्थाले प्रतियोगिताको ट्रफी हात पारेको हो। हेटौँडा–११ वडा बाल सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगितामा वडाभित्रका १२ वटा टोल विकास संस्थाहरूका खेलाडीहरूले सहभागिता जनाएका थिए। नव–प्रतिभाहरूको पहिचान र खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ आयोजित प्रतियोगितामा विजेता बन्न सफल शान्ति चोक टोल विकास संस्थालाई २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी, उपविजेता बनेको डाङ्डुङ्गे टोल विकास…
Read More
‘उनले मेरो तन्ना लिलाममा राखे’

‘उनले मेरो तन्ना लिलाममा राखे’

हेटौँडा । थाहा दर्शनका प्रणेता एवं विशिष्ट राजनीतिक व्यक्तित्व रुपचन्द्र विष्टको २७औँ स्मृति दिवसका अवसरमा हेटौँडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा–११ स्थित थाहा स्मृति भवनमा आयोजित उक्त कार्यक्रम थाहाका अभियन्ता तथा नेकपाका नेता वरिष्ठ अधिवक्ता रामनारायण विडारीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रुपचन्द्र विष्टको जीवन, दर्शन र उहाँले समाजमा ल्याउनुभएको चेतनाको विषयमा वक्ताहरूले गहन चर्चा गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले रुपचन्द्र विष्टलाई नेपाली राजनीति र समाजका एक दुर्लभ दार्शनिक नेताको रूपमा स्मरण गर्नुभयो। उहाँले मदन भण्डारीको वैचारिक उचाइलाई जस्तै विष्टको योगदानलाई पनि उत्तिकै सम्मानका साथ लिनुपर्ने बताउनुभयो। आफ्नो र विष्टबीचको सम्बन्धका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.