Day: २०८२ फाल्गुन १२, मंगलवार १७:३१ गते

१८ वर्षपछि चुनावी मैदानमा राना, घरदैलो अभियानबाट समर्थन खोज्दै

१८ वर्षपछि चुनावी मैदानमा राना, घरदैलो अभियानबाट समर्थन खोज्दै

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर–१ मा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन्। नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना ले बुधबार बिहान हेटौंडा उपमहानगरपालिका–१४ बाट घरदैलो अभियान सुरु गरेका छन्। अभियानका क्रममा रानाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना तथा पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन्। विकास र पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग समर्थन मागिरहेका छन्। करिब १८ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा पुनः प्रतिस्पर्धा गरिरहेका राना २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी मैदानबाट केही समय टाढा रहेका थिए। स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण स्थानीय राजनीतिमा…
Read More
‘यसपालि चाहिँ जित्छु’–डिना

‘यसपालि चाहिँ जित्छु’–डिना

हेटौँडा । नेपाली कांग्रेस की प्रभावशाली नेतृ तथा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले मकवानपुर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा पाँचौँ पटक प्रतिस्पर्धा गर्दै यसपटक परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभएको छ। यसअघि चार पटक पराजित भइसकेकी डिनाले यसपटक विगतका कमजोरी स्वीकार्दै सुधारिएको रणनीतिसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँ २०७९ को निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लड्दा राप्रपाका उम्मेदवारसँग २ हजार ३८२ मतान्तरले पराजित हुनुभएको थियो। डिनाले युवामा लगानी अभाव, महिला सशक्तीकरण, खेलकुद विकास र किसान–कृषि क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो। मकवानपुरलाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने, किसानलाई सिँचाइ र मल–बीउमा सहुलियत दिने तथा महिलाको आर्थिक र सामाजिक अधिकार…
Read More
रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। रास्वपा छाडेसँगै उनी पुनः नेपाली कांग्रेस मा फर्किएका हुन्। रास्वपा मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेसका सभापति गगन थापा ले सर्लाही–४ मा आयोजित कार्यक्रममा स्वागत गरेका कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए। पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नं. २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्। बर्तौला २०७९ सालको निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बनेका थिए। उनी…
Read More
‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

हेटौँडा । मकवानपुर क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ। सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिबद्धता–पत्रमा भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै स्थिर सरकार निर्माणको आह्वान गरिएको छ। गौतमले सुशासन र पारदर्शितामै विकासको आधार रहेको उल्लेख गर्दै मतदातासमक्ष स्पष्ट योजनासहित प्रस्तुत भएका छन्। प्रतिबद्धता–पत्रमा ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै हेटौंडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने प्रयास, कर्रा, राप्ती र बागमती नदी करिडोर निर्माण तथा ग्रामीण सडकलाई बार्है महिना सञ्चालनयोग्य बनाउने योजना अघि सारिएको छ। राजमार्ग…
Read More
हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए २०४६ सालपछिका सबै प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले फागुन २१ पछि बन्ने सम्भावित रास्वपा सरकार भ्रष्टाचारका सबै फाइल खोल्न प्रतिबद्ध रहने स्पष्ट पारे। उनले देशभरका उम्मेदवारहरूलाई जिताउन मतदातासँग आग्रह गर्दै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रित गरे। ‘देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्न रास्वपाको सरकार बन्न जरुरी छ,’ उनले भने, ‘फागुन २१ केवल मतदानको दिन होइन, देशको भविष्य तय गर्ने दिन हो। तपाईंहरूको निर्णयले नै भोलिको दिशा निर्धारण गर्छ।’ लामिछानेले रास्वपा प्रतिशोधको…
Read More
‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

हेटौंडा / छोराछोरी लाई असल अभिभावत्व प्रदान गर्ने ब्यक्तीनै असल अभिभावक भएको सीआरआइएन संस्था प्रमुख बन्दना शर्माले बताइन् । अराइज एण्ड साइन नेपाल हेटौंडाले आयोजना गरेको कार्यक्रममा शर्माले यस्तो बताएकी हुन् । आर्थिक उन्नति हुनुमात्र ठूलो कुरा होइन , जीवनको सबैभन्दा अमुल्य सम्पत्तिनै छोराछोरी भएकोले उनीहरुको हिफाजत गर्नु प्रत्येक अभिभावकको कर्तव्य भएको शर्माको भनाइ थियो । अभिभावक र किशोरकिशोरी सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकि वडाध्यक्ष जुना दाहालले असल अभिभावकत्व अहिलेको आवस्यकता रहेको बताइन् । हेटौंडा ११ मा भएको कार्यक्रममा बोल्दै दाहालले संस्थाले यस्तो कार्यक्रम गर्दा स्थानीय सरकारलाई अनौपचारिक रुपमा सघाउ पुग्ने बिचार ब्यक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.