समाचार

हेटौंडा सिमेन्ट उद्योगको मजदुर तदर्थ समिति गठन

हेटौंडा सिमेन्ट उद्योगको मजदुर तदर्थ समिति गठन

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको मजदुर तदर्थ समिति गठन भएको छ । नेपाल औद्योगिक मजदुर सङ्गठनको तदर्थ समिति गठन गरिएको हो । दिपक सिंह थोकरको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको सङ्गठनले जनाएको छ । संगठनको उपाध्यक्षमा काशीनाथ सुवेदी, भरथ ठाकुर रहेका छन् भने महिला उपाध्यक्षमा जुनु अधिकारी चयन भएकी छिन् । यस्तै सचिवमा प्रकाश सिंह बल, सहसचिवमा महेश प्रसाद साह, कोषाध्यक्षमा अनिलकुमार महासेठ चयन भएका छन् । यसैगरी सदस्यमा कौशल कुमारी साह, रामबहादुर थापा, आर्यन उपाध्याय, प्रतिक कुमार भारद्वाज, गजेन्द्र कुमार पण्डित, सन्तोष प्रधान, भिमबहादुर वाइबा , छुनु अधिकारी, हबिब मनसुर, रामदयाल राउत चयन भएका छन् । ‘‘नेपाल…
Read More
गैसस महासंघ बागमती प्रदेशले नीति संवाद कार्यक्रम गर्ने

गैसस महासंघ बागमती प्रदेशले नीति संवाद कार्यक्रम गर्ने

मकवानपुर । गैरसरकारी महासंघ बागमती प्रदेशले हेटौंडामा नागरिक संघ संस्था सम्बन्धि नीति सम्वाद तथा परामर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको पुर्व तैयारी बैठकमा कार्यक्रमबारे बताइएको हो । गैसस महासंघ हेटौंडाको सभा हलमा भएको कार्यक्रममा उपस्थित नागरिक अगुवाहरुले कार्यक्रम नागरिकको माग राख्न सक्ने थलो बन्नुपर्ने बताएका थिए । कार्यक्रम असोज २ गते हेटौंडामा हुने जनाइएको छ । कार्यक्रममा गैसस महासंघका केन्द्रिय सचिव बुद्धशरण लामा, बागमती प्रदेश कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश सदस्य रामचन्द्र न्यौपाने लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Read More
युवा र महिलालाई वनसँग जोड्न जोड

युवा र महिलालाई वनसँग जोड्न जोड

मकवानपुर । बागमती प्रदेश सभा सदस्य भारती कुमारी पाठकले युवा र महिलालाई सामुदायिक वन सँग जोड्नुपर्ने बताएकी छिन् । वन व्यवस्थापनमा समुदायको भूमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै वन मार्फत आर्यआर्जनमा जोड्नुपर्ने बताइन् । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल ९डब्लूआरआरएन० को आयोजनामा बिहीवार हेटौँडा–६ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको हलमा कार्यक्रम भएको हो । कार्यक्रममा साँसद पाठकले वनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समुदायले जानकारी दिनुपर्ने उनको भनाइ छ । देशभर रहेका वन उपभोक्ता समूहले नै वन जोगाएर हराभरा बनाएको बताउँदै उनले अव समुदायले व्यवस्थापनको पाटोमा पनि काम गर्नुपर्नेमा जोड दिइन् । उनले वनमा उमेर पुगेका रुख निकाल्ने, जडिबुटी रोप्ने…
Read More
हेटौँडा १२ को उपनिर्वाचनको तयारीमा लाग्न केन्द्रिय सदस्यको निर्देशन

हेटौँडा १२ को उपनिर्वाचनको तयारीमा लाग्न केन्द्रिय सदस्यको निर्देशन

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा हुने उपनिर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन । बिहीवार हेटौँडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले संभवत् मङ्सिरसम्म उपनिर्वाचन हुनसक्ने बताउँदै जितको तयारीमा लाग्न आग्रह गरे । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पद रित्त रहेको छ । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाअध्यक्षमा दोश्रो पटक ललित घलान निर्वाचित भएका थिए । उनले वडाअध्यक्षबाट राजिनामा दिएर जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि सो पद रित्त रहेको हो । केन्द्रीय सदस्य गौतमले उच्च मनोवलका…
Read More
पदमपोखरी वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम

पदमपोखरी वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीवार एक दिवसीय सचेतना तालिम भएको छ । इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा एक दिवसिय तालिम कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले प्रमुख अतिथीका रुपमा बोल्दै वन, वन्यजन्तुका बिषयमा बनेका कानुनका बारेमा सबैले जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा बनेका कानुनका बिषयमा आम जनतालाई थाहा नहुँदा पनि समस्या हुने गरेको बताउनुभयो । उहाँले मानव र वन्यजन्तुको द्वन्द्वका कारण हुने घटनामा मानवीय र धनजनको क्षति…
Read More
कांग्रेस बागमती प्रदेश महिला समितिलाई पूर्णता प्रदान

कांग्रेस बागमती प्रदेश महिला समितिलाई पूर्णता प्रदान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ । पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको २७ सदस्यीय महिला समितिलाई पूर्णता दिइएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहिबार समितिको सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् । समितिमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक महिलालाई समेटिएको छ । समितिको सदस्यहरुमा बागमती प्रदेशसभा सदस्य यांकिला शेर्मासहित डा. शुष्मा बराल, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कल्याणी खड्का, गीताकुमारी न्यौपाने, अनुपा श्रेष्ठ, शान्ता कार्की, अप्सरा थापालगायत रहेका छन् । समितिको सदस्य सचिवमा दया लामिछाने मैनालीलाई नियुक्त गरिएको छ । समितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभापति बानियाँलगायत कांग्रेस बागमती प्रदेशका पदाधिकारीको उपस्थिति रहेको…
Read More
हेटौँडामा ट्रकहरु आपसमा ठोक्कियो, ड्राईभर घाईते

हेटौँडामा ट्रकहरु आपसमा ठोक्कियो, ड्राईभर घाईते

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी सहकारी अगाडि आज बिहान २ ट्रकहरु आपसमा ठोक्किएका छन् । तिब्र गतिमा रहेको मिनी ट्रक र ना ५ ख ४३३२ नम्बरको १२ चक्के ट्रक एकआपसमा ठोक्किएको हो । दुर्घटनामा ट्रक चालक घाईते भएका छन् । उनलाई उपचारको लागि हेटौँडा अस्पतालमा लगिएको छ । दुर्घटनामा दुबै ट्रका अगाडिका भागहरु ध्वस्त भएका छन् । सडकबिचमा रहेका दुबै ट्रकलाई ईलाका प्रहरी कार्यालयको रोहबरमा क्रेनद्वारा हटाएपछि सवारी आवागमन सुचारु भएको स्थानीयले जानकारी दिएका छन् ।
Read More
मुख्यमन्त्री लामा र मन्त्रीहरुलाई हेटौंडामा सम्मान

मुख्यमन्त्री लामा र मन्त्रीहरुलाई हेटौंडामा सम्मान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुधबार हेटौंडामा सम्मान गरिएको छ । नव नियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले मन्तव्य राख्नुहुँदै उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारी सिर्जना गर्न सानादेखि ठूला उद्योगहरु महत्वपूर्ण रहने बताउनुहुँदै लगानीकर्तालाई सुरक्षा र सुविधा महशुस गराइ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उद्योग दर्ता तथा अन्य नियमहरु सरकारले सहज गर्नुपर्ने, कागजमा मात्र उद्योग हुने अवस्थालाई निरुत्साहित गर्दै उद्योग क्षेत्रका झमेलाहरु न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । उद्योग चल्दा मात्र…
Read More
मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न

मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न

मकवानपुर । मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार जिल्ला सभा सम्पन्न भएको हो । दशौँ जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री तथा पूर्व मन्त्रीहरु, सांसद, मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुका पालिका प्रमुख, उपप्रमुख लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए ।
Read More
हेटौँडामा दुई दिने बाइबल तालिम सम्पन्न

हेटौँडामा दुई दिने बाइबल तालिम सम्पन्न

मकवानपुर । हेटौँडामा २ दिने बाइबल तालिम सम्पन्न भएको छ । एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगले युवाहरूलाई बाइबल तालिम दिएको हो । सामुदायिक बाइबल अध्ययन नामक तालिममा हेटौंडाका विभिन्न इसाई मन्डलीका ५५ जना युवायुवतीहरूले सहभागिता जनाएका छन् । नेपाल राष्ट्रिय मण्डली संगती (एनसिएफ नेपाल) बागमती प्रदेश युवा विभागका अध्यक्ष बिररत्न दोङ्गको अध्यक्षतामा भएको तालिममा एन्सिएफ नेपालका केन्द्रिय सचिव रेभरेण्ड पाष्टर बिरबहादुर तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियोे । शुक्रबारदेखि संचालित तालिममा कम्युनिटी बाइबल अध्यन (सीबियस) का राष्ट्रिय संयोजक पाष्टर शक्ति गुरुङले सहजीकरण गरेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.