हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ वडास्थित् सिमलटारमा मन्जुश्री २८६२औं सोनाम ल्होछार विभिन्न कार्यक्रम गरि मनाइएको छ । झ्याङ्च्युप छ्योइखोर लिङ गुम्बा संरक्षण समिति हेटौंडा ११ सिमलटारको आयोजनामा ल्होछार कार्यक्रम गरिएको हो ।
गुम्बाकि अध्यक्ष देवी लोप्चनको सभाध्यक्षता तथा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । तामाङ संस्कृत जगेर्ना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गरिएको ल्होछार कार्यक्रम आयोजक समितिका अध्यक्ष बिकास तितुङ्गले बताए ।

कार्यक्रममा गायक मनोज बल , सम्तेन मुक्तान , सानोबाबु मुक्तान , गायिका लक्ष्मी स्याङ्तान लगायत स्थानीय कलाकार हरुको तामाङसेलो गीत तथा नृत्य प्रस्तुतिले रौनकता थपेको थियो ।
पुजा , सम्मान तथा र्याली कार्यक्रममा हेटौंडा ११ नम्बर वडाका पुर्वसचिव जीवन ढुङ्गेल , खेलकुद बिकास समिती हेटौंडा ११ का अध्यक्ष प्रभाकर पुडासैनी , टोलबिकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य , सिमलटार टोलबिकास संस्था का अध्यक्ष देवकृष्ण थोकर , समाजसेवी कमलचन्द्र सुमन , राप्ती रिभर साइड निर्माण समिति अध्यक्ष सुन्दरलाल श्रेष्ठ , सिलटार टोलबिकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापामगर , कार्यक्रम आयोजना समितिका सचिव सोमबहादुर लामा , गुम्बाका लामा गुरु सोनाम लामा लगायतकाको आतिथ्यता रहेको थियो ।




































































