संविधानको धारा ६१ आधारमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नयाँ संविधान जारी भएपछि यसअघि गठन भएका सबै सरकारहरू संविधानको धारा ७६ अन्तर्गत बनेका थिए। तर, हालैको युवा (जेन–जी) आन्दोलनको दबाब र राजनीतिक परिस्थिति बीच कार्कीलाई संविधानको धारा ६१ अनुसार नियुक्त गरिएको हो।

नेपालको संविधानको धारा ६१ ले राष्ट्रपति सम्बन्धी प्रावधानको व्यवस्था गरेको छ। यस धारामा प्रधानमन्त्रीको नियुक्ति वा पदसम्बन्धी प्रावधान प्रत्यक्ष उल्लेख नभए पनि राष्ट्रपतिलाई नेपालको राष्ट्राध्यक्षका रूपमा संविधान तथा संघीय कानुनअनुसार काम गर्ने, राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्ने जिम्मेवारी दिएको छ।

यही प्रावधानलाई आधार बनाउँदै राष्ट्रपतिले आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सुशीला कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.