हेटौँडा । विभिन्न पार्टी परित्याग गरि १० जना युवा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीका मकवानपुर जिल्ला कमिटी सदस्य युवा नेता रोशन बलको पहलमा युवाहरू हेटौंडा ४ स्थित जिल्ला पार्टी कार्यालय पुगि पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरेमा हेटौंडा १ का गौरव श्रीवास्तब, हेटौंडा ५ का सन्तोष कार्की, भुवन गावा, हेटौंडा ७ का ससिम थिङ्ग, हेटौंडा ८ का समीर राई, हेटौंडा १२ का बिकल्प स्याङ्तान, मनहरी २ का गौरव रुम्बा, दिपक स्याङ्गबो, मनहरी ३ का इश्वर घलान, राक्सिराङ्गका एनोश मोक्तान रहेका छन् ।

”नयाँ नेपालको आशा गर्न सकिने पार्टी नेकपा एकीकृत समाजवादी भएको ठहर गर्दै हामी यश पार्टीमा प्रवेश गरेका हौं”, नव प्रवेशी युवाहरूको भनाइ छ ।
युवाहरुलाइ पार्टी केन्द्रका सल्लाहकार समिति सदस्य यादव गजुरेल, पार्टी जिल्ला अध्यक्ष बिष्णु दाहालले खादा लगाइदिएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष ध्रुब भुजेल, सचिव किशोर बर्तौला, उपसचिव गीता कडरिया (मैनाली), नगर अध्यक्ष बिष्णुमाया लामा, अनेम संघ जिल्ला अध्यक्ष शुक्रदेवी बल, कार्यालय सचीव तिलककुमार अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
































