अनेम संघ (समाजवादी) मकवानपुरमा बलको नेतृत्व

मकवानपुर । नेकपा एकिकृत समाजवादीको संगठन अनेम संघ (समाजवादी) मकवानपुर जिल्लामा शुक्रदेवी बलको नेतृत्वमा ३५ सदस्यीय समिति निर्माण गरिएको । छ । अनेम संघ (समाजवादी) को १५ औं जिल्ला सम्मेलनले बललाई अध्यक्ष पदमा चयन गरेको हो । समितिको उपाध्यक्ष पदममा रहेकी उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो ।

यसैगरी समितिको उपाध्यक्षमा जुना मल्ल, रमा रेग्मी, सचिवमा विष्णु माया लामा, सहसचिवमा पानीमिरा राना, कोषाध्यक्षमा जुना केसी (वेदना) सर्वसम्मत चयन भएका छन् ।. समितिको सदस्यहरूमा सरस्वती महतो, बिमला बिडारी, देवि पौडेल, सुनिता श्रेष्ठ, सन्तुमाया पाख्रिन, श्रीजना श्रेष्ठ (दुलाल), सुशिला पौडेल, सानुमाया नेपाली, रिता विश्वकर्मा, निशु प्रजा, निशा लामा, बबिता बानियाँ, राधा भट्ट, कृष्णमाया रानामगर, विष्णुमाया तितुङ, गोमा लामा, सरिता सुनार, बिमला लामा, महालक्ष्मी पौडेल लगायत सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको खुला सत्र शुक्रदेवि बलको सभाध्यक्षता र बन्द शत्र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको हो । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य तथा अनेमसंघ समाजवादीकी केन्द्रीय अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य प्रभावशाली नेतृ गोमा तिमल्सिना, पार्टी केन्द्रीय सदस्य राजाराम स्याङ्तान, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, जिल्ला अध्यक्ष विष्णु दाहाल, प्रदेश सदस्य कल्पना विश्वकर्मा, रामेश राई, नेतृ शान्तिप्रिय बन्दना, पार्टी सचिव किशोर बर्तौला लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिएका थिए । अनेम संघका केन्द्रीय अध्यक्ष मुनु सिग्देलले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.