हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सागरपथ टोल विकास संस्थाको अध्यक्षमा पूनः सूर्यबहादुर थिङ्ग चयन भएका छन् । थिङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र लोप्चन चयन भएका छन् भने सचिवमा वुद्धिनाथ न्यौपाने चयन भएका छन् । यसैगरी सहसचिवमा अशोक थिङ्ग, कोषाध्यक्ष पदमा अमिर लामालाई चयन गरिएको छ । यस्तै सदस्य पदमा शुक्र बहादुर बिक, जुना डिम्डुङ्ग, पन्चमाया घलान, बिमला रानामगर, सागर सुनार र हरिलाल सुनार चयन भएका छन् ।
टोल विकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यबहादुर थिङ्गको सभाध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभामा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ , हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामा, तल्लो थानाभर्याङ्ग टोल विकास संस्थाका अध्यक्ष सम्शेर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।