२०८१ पुष १९, शुक्रबार १०:५६ गते
२०८१ पुष १९, शुक्रबार १०:५६ गते
मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताउनुभयो । बकैया–३ स्थित बकैया रंगशालामा हुने प्रतियोगिताको खेल तालिका शनिबार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताउनुभयो । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागि हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् । यस…