हेटौँडामा पटका नियन्त्रण गर्न प्रशासन असफल,बालबालिकाहरुको कानमा समस्या

मकवानपुर । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा पटकाउन प्रतिवन्द लगाइएको भएपनि हेटौंडामा यसको नियन्त्रण हुन नसकेको अवस्था रहेको छ। तिहार सुरु भएदेखि हिजो आज गाउँ घरमा बिहानै देखि राती अबेर सम्म केही उछृङ्खल समुहले अटेर गरि पटका ,आलुबम जस्ता बिस्फोटक पदार्थ हरु पटकाउदा स्थानिय हरु समस्यामा परिरहेका छन् ।

हेटौँडामा पटका पट्काउने मामलामा बालबालिकाहरु पनि अग्रसर देखिएका छन् । नगरमा स्थानीयहरुले आफ्ना बालबालिकालाई के असर पर्न सक्छ भन्ने वास्तै नगरी बालबालिका रहर गर्छन् भन्दै पटका पट्काउन दिइरहेका छन् । जसका कारण बालबालिकाहरुको कानको जालीमा क्षतिमा पुग्नुका साथै उनीहरुमा श्रवण शक्ति कमजोर हुने अवस्था पनि देखिएको छ । कतिपय बालबालिकाले पटका पड्काउने क्रममा हात पनि जलाएका छन् ।

पटकाको आवाजले बालबालिकाहरु तर्सिने ,बृद्धबृद्धाहरुको निन्द्रा भङ्गहुने हुदा पटका तथा पटका जन्य बिस्फोटक पदार्थहरू पटकाउन रोक लगाउन पर्ने स्थानियहरु बताउँछन्। यस्ता बिस्फोटक पदार्थहरूका कारणले मानिसहरूको स्वास्थ्यमा प्रतिकुल असर पुग्नुका साथै आगजनीका घटनाहरू समेत हुने भएकाले पटका,आलुबम,तथा अन्य पटका जन्य बमहरु रकेट,झिरझिरे,लगायतका बस्तुहरुमा रोक लगाउनु पर्ने पत्रकार जि.न्यौपानेको भनाई रहेको छ।

“नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनले सजायको भागेदार बनाउने व्यवस्था गरिएको छ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.