बुद्ध चोकमा २७ जनाले गरे रक्तदान

मकवानपुर । मानव सेवा आश्रमको १२ औं वार्षिक उत्सवको अवसरमा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

मानव सेवा आश्रम मुख्य कार्यालय हेटौंडाको आयोजनामा गरिएको रक्तदान कार्यक्रम को उद्घघाटन कार्यक्रमकी प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गर्नुभएको थियोे । रक्तदान ७ वटै प्रदेशमा एकैसाथ एउटै समयमा गरिएको मानव सेवा आश्रमले जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका पुर्व अध्यक्ष रघुनाथ खुलाल, हेटौंडा अस्पताल विकास समितिका पुर्व अध्यक्ष प्रकाश पौडेल लगायतको आतिथ्यता रहिको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.