हेटौँडा सामुदायिक आँखा अस्पताललाई सांसद सिंहको सहयोग

मकवानपुर । संघिय सांसद दिपक बहादुर सिंहले आफ्नो तलब तथा थप रकम हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् । आज अस्पतालमा पुगेर सांसद सिंहले ९ लाख ९९ हजार ९ सय ९९ रुपैया सहयोग बुझाएका हुन् ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वाधार विकास समितिका सभापति सिंहले अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सन्दुक रुइतमार्फत चेक अस्पताललाई हस्तान्तरण गरेका हुन् । पुर्व राज्यमन्त्री समेत रहिसकेका सिंहले राज्यबाट आएको तलब जनताले तिरेको करबाट आएकोले आफुले त्यो रकम नखाने र आँखा अस्पताललाई बुझाउने भनेर निर्वाचनको बेलामा जनतासँग वाचा गरेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी डाक्टर सन्दुक रुइतले संघीय सांसद सिंहले पवित्र मनसायले दिएको रकम अति सिमान्तकृत समुदायको लागि लगानी गर्ने प्रतिबद्धता जनाए । आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडाका पुर्व मेयर हरिबहादुर महत, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.