हेटौँडामा शिक्षा सुधार अभियान गठन

मकवानपुर । हेटौँडामा शिक्षा सुधार अभियान गठन गरिएको छ । हेटौँडा २ मा आज भएको कार्यक्रममा कमलचन्द्र सुमनको अध्यक्षतामा शैक्षिक सुधार समिति गठन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका सबै विद्यालयको शैक्षिक सुधार अभियानलाई तिव्र बनाउन गठन गरिएको उक्त समितिको सदस्यहरुमा पुर्व–प्राध्यापकद्वय डा. विमलकेशरी पौडेल, ऋषिराम पोखेल, प्रकाश पौडेल, गीतादेवी यादव, हिमा बिडारी, कृपा थापा मगर, प्रकाश पौडेल, जीतबहादुर तिमल्सेना, सुन्दर दाहाल र सुबोध घलान रहेका छन् ।

समितिको सल्लाहकारमा रामचन्द्र आचार्य ‘फुर्सदी’ र श्यामप्रसाद छत्कुली रहेका छन् ।

कार्यक्रममा बोल्दै डाक्टर बिमलकेशरी पौडेलले नेपाल सरकारले लिएको गलत नीतिको परिणामबाट नै एस.ई.ई. परिक्षाफल नकरात्मक आएको बताए । नेपाल वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गराउँदै आएका पुर्व प्राध्यापक पौडेलले हालै मात्र सरकारद्वारा सार्वजनिक गरिएको एस.ई.ई.परिक्षा नतिजाको बारेमा आफ्नो धारणा राख्दै शिक्षकहरु विद्यालयप्रति उत्तरदायी नभई राजनैतिक दलहरुप्रति उत्तरदायी भएको हुनाले यस्तो परिस्थिति आएको समेत बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापक डा. श्यामप्रसाद छत्कुलीले सरकारद्वारा निर्धारण गरिएको पाठ्पुस्तकलाई शिक्षकहरुले गलत ढंगबाट अध्यापन गराउँदै आएको चर्चा गर्दै विद्यार्थीहरुको मनोवैज्ञानिक क्षमतालाई नजरअंदाज गरेको बताए । उनका अनुसार सोही कारण परिक्षाको परिणाम् सकारात्मक आउन नसकेको हो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक ऋषिराम पोखरेले पनि हालै सरकारद्वारा सार्वजनिक गरिएको एस.ई.ई. परिक्षा नतिजाको वारेमा चर्चा गर्दै शिक्षकहरुले आफनो दायित्व पुरा गर्नु भन्दा पनि यसको सम्पूर्ण दोष अभिभावकहरुमाथि थोपर्दै आएको आरोप लगाए । उनले विद्यालयमा अध्यापन गराए वापत तलव भत्ता लिएको जनाउदै परिक्षाको नकरात्मक परिक्षा फलको दोष अभिभावकहरुमाथि थोपर्न नहुने जिकीर गरे । कार्यक्रममा बोल्दै पुर्वशिक्षक एवं साहित्यकार रामचन्द्र फुर्सदीले पनि सरकारद्वारा सार्वजनिक गरिएको एस.ई.ई. परिक्षाको नकरात्मक परिणाम् अपेक्षित नै भएको बताए । मकवानपुरको हकमा विद्यालय अनुसार शिक्षकको दरबंदी मिलान गर्न नसकेको परिणाम समेत भएको बताउँदै उनले प्राथमिक विद्यालय दरबंदी शिक्षकलाई माध्यमिक विद्यालयको जिम्मेवारी प्रदान गरेकोले शैक्षिक गुणस्तरमा ह्रास आएको बताए ।

कार्यक्रममा बोल्दै अमर माध्यमिक विद्यालय, हेटौँडा १ क विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लामाले विद्यालयको समस्याहरुलाई समयमा नै निराकरण नगरेको आरोप लगाए । नेकपा माओवादी केन्द्र, हेटौंडा नगर समितिका अध्यक्ष तीर्थबहादुर थापाले पनि नगरको गिर्दो शैक्षिक गुणस्तरतप्रति चिन्ता व्यक्त गगरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.