२०८१ श्रावण १, मंगलवार १६:२६ गते
२०८१ श्रावण १, मंगलवार १६:२६ गते
मकवानपुर । हेटौँडामा शिक्षा सुधार अभियान गठन गरिएको छ । हेटौँडा २ मा आज भएको कार्यक्रममा कमलचन्द्र सुमनको अध्यक्षतामा शैक्षिक सुधार समिति गठन गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका सबै विद्यालयको शैक्षिक सुधार अभियानलाई तिव्र बनाउन गठन गरिएको उक्त समितिको सदस्यहरुमा पुर्व–प्राध्यापकद्वय डा. विमलकेशरी पौडेल, ऋषिराम पोखेल, प्रकाश पौडेल, गीतादेवी यादव, हिमा बिडारी, कृपा थापा मगर, प्रकाश पौडेल, जीतबहादुर तिमल्सेना, सुन्दर दाहाल र सुबोध घलान रहेका छन् । समितिको सल्लाहकारमा रामचन्द्र आचार्य ‘फुर्सदी’ र श्यामप्रसाद छत्कुली रहेका छन् । कार्यक्रममा बोल्दै डाक्टर बिमलकेशरी पौडेलले नेपाल सरकारले लिएको गलत नीतिको परिणामबाट नै एस.ई.ई. परिक्षाफल नकरात्मक आएको बताए । नेपाल वन विज्ञान अध्ययन…