‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

हेटौंडा / छोराछोरी लाई असल अभिभावत्व प्रदान गर्ने ब्यक्तीनै असल अभिभावक भएको सीआरआइएन संस्था प्रमुख बन्दना शर्माले बताइन् ।

अराइज एण्ड साइन नेपाल हेटौंडाले आयोजना गरेको कार्यक्रममा शर्माले यस्तो बताएकी हुन् । आर्थिक उन्नति हुनुमात्र ठूलो कुरा होइन , जीवनको सबैभन्दा अमुल्य सम्पत्तिनै छोराछोरी भएकोले उनीहरुको हिफाजत गर्नु प्रत्येक अभिभावकको कर्तव्य भएको शर्माको भनाइ थियो । अभिभावक र किशोरकिशोरी सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकि वडाध्यक्ष जुना दाहालले असल अभिभावकत्व अहिलेको आवस्यकता रहेको बताइन् ।

हेटौंडा ११ मा भएको कार्यक्रममा बोल्दै दाहालले संस्थाले यस्तो कार्यक्रम गर्दा स्थानीय सरकारलाई अनौपचारिक रुपमा सघाउ पुग्ने बिचार ब्यक्त गरिन् । अन्तरकृयात्मक कार्यक्रममा सहभागी अभिभावकहरुले कार्यक्रमले आफुहरुलाइ नयाँ मार्ग निर्देशन भएको स्वीकार गरे । कार्यक्रममा हेटौंडा ११ का सहसचिव जीवन ढुंगेल , अराइज एण्ड साइन नेपालकी निर्देशक मुना भण्डारी , कार्यक्रम संयोजक राधिका लामा , हेटौंडा संयोजक थियोफिलस रुबेन राई लगायतकाको आतिथ्यता रहेको थियो ।

१३ देखि १९ वर्षसम्मका किशोरकिशोरीको बिचमा उत्प्रेरकको रुपमा काम गर्दै आएको अराइज एण्ड साइन नेपालले विद्यार्थीहरुलाइ आगामी दिनमा एसईई तैयारी कसरी पार गर्ने भन्ने विषयमा छलफल , स्कुलहरुमा शैक्षिक सामाग्री बितरण लगायतका कृयाकलाप गर्दै आएको जनाइएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.