हेटौँडा । मकवानपुरमा एमाले निकट मजदुर संगठन नेस्वमयु मकवानपुरका संस्थापक अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का केन्द्रीय उपाध्यक्ष भइसकेका नारायण देउलासहित बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसिकला विश्वकर्मा, गंगा विश्वकर्मा, ममता नेपाली, सोममाया लामा र मनिता कार्की नेकपामा प्रवेश गरेका छन्।
उनीहरूलाई आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रिय तथा जिल्ला तहका नेताहरूले पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले नेकपाको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्।
कार्यक्रममा नेकपा मकवानपुरका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको संगठन मजबुत बनाउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै श्रमिक वर्ग, महिला तथा युवाहरूको हकहितका लागि पार्टीले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाइएको थियो।



































































