२०८२ फाल्गुन २, शनिबार ०८:४५ गते
२०८२ फाल्गुन २, शनिबार ०८:४५ गते
हेटौँडा । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित बालक विरुद्ध हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम सम्बन्धी बागमती प्रदेशस्तरीय छलफल कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। द भोइस अफ चिल्ड्रेन र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा र OAK Foundation र Family for Every Child को सहयोगमा आयोजित कार्यक्रममा बालअधिकार सुनिश्चितताका लागि बाल न्याय प्रवर्द्धनमा बागमती प्रदेशमा भइरहेका प्रयास र विद्यमान चुनौतीबारे छलफल गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले बालअधिकार सुनिश्चितताका लागी बाल न्याय प्रवर्धनमा बागमती प्रदेशमा भईरहेको प्रयास र चुनौतीहरु प्रस्तुतीकरण दिनुभयो । यस्तै, बालअधिकार समिति बागमती प्रदेशका सदस्य प्रकाश खतिवडाले बागमती प्रदेशमा बाल…