प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

हेटौंडा । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस मनाइएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरका जिल्ला अध्यक्ष एमपी शर्माको सभाध्यक्षको तथा बागमती प्रदेश सरकारकि पुर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष रुद्रसेनको फोटोमा माल्यार्पण गर्दै उहाँले संगठन निर्माणमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपाकी केन्द्रीय सदस्य प्रमिला पुलामीको आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा फ्याक्सन इन्चार्ज तथा जिसस मकवानपुरका प्रदेश अध्यक्ष ललितबहादुर घलान, नेकपाका प्रदेश सचिवालय सदस्य विवेक राई, शुभरत्न गोले, जीवन गोलेलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय, हेटौंडा–४ गर्दोइमा सम्पन्न भएको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.