हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ नेकपाका प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टले हेटौंडा ११ सिमल टारका बासिन्दासग भोट मागेका छन् ।
स्थानीयहरुसग चिया पिउने भन्दै बिहानै कैलाश चिया पसल पुगेका बिष्टले स्थानियसग चिया पिउदै भोट हालेर जिताउन आग्रह गरेका थिए । उनले सिमलटारको जनसंख्या , लालपुर्जा नाअएको बिषयमा चासो दिएका थिए ।

बिष्टले करिब २ हजार घरधुरी रहेको टोलवासीहरुलाई लालपुर्जा ब्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताए । मैले तपाईंहरुको समस्या बुझेको छु , मैले पहल गर्नुपर्ने ठाउँमा चुनाव जितेपनी हारेपनी पहल गर्छु भन्दै सिमलटारवासीलाइ आश्वस्त पारे बिष्टले ।
५ वर्ष मकवानपुरको थाहा नगरपालिकाको बागडोर सम्हालिसकेका बिष्ट थाहा नगरको बिकाशमा अब्बल मानिन्छन् ।

यसैगरी उनले हेटौँडा ११ नवलपुरमा पनि अगुवा व्यक्तिहरुसँग भेटघाट गरेका छन् । भेटघाटकै क्रममा उनले सबैजनासँग आफुलाई मत दिएर यसपटक जिताउन अनुरोध गरे ।

यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुगी स्थानीयहरुसँग भेटघाट गरेका छन् ।

































































