२०८२ माघ ९, शुक्रबार २२:५४ गते
२०८२ माघ ९, शुक्रबार २२:५४ गते
भीमफेदी । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले 'थप पशु उपहार' कार्यक्रम ल्याउने घोषणा गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित 'किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला'लाई सम्बोधन गर्दै उनले साना किसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा साना किसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए। "एउटा गाई पालेका किसानलाई थप दुई वटा गाई किनिदिने र एउटा भैंसी पाल्नेलाई अर्को भैंसी थपिदिने गरी हामीले कार्यक्रम ल्याउन खोजेका छौँ," मन्त्री पौडेलले भने, "निर्वाहमुखी खेती…