किन चल्यो संघको भवनमा डोजर ?

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको भवनमा सोमबार फेरि डोजर चलाइएको छ । संघका का पवन कार्कीले डेन्जर जोनजतिमा डोजर चलाइएको बताए । संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ले भत्किएको छतमाथी घर भत्काउने कामको जिम्मा पाएका ठेकेदारले कामदारहरु छ्तमा पठाउन नमानेपछी डोजर चलाइएको बताए ।

कतिपय ठाउँमा भने जोखिम मोलेरै कामदारहरुले सुरक्षा कवजबिनानै काम गरिरहेको पाइन्छ भने कति ठाउमा सुरक्षा कवज प्रयोग गरेर काम गरेको भेटिन्छ्न् कामदारहरु । केही गरि दुर्घटना भयोभने कामदार आफैले ब्यहोर्नुपर्छ के गर्नु कामत गर्नैपर्यो एक मजदुरले बताए । अहिले सम्म हेटौंडामा जिर्ण घर भत्काउने क्रममा ५ जना घाइते भैसकेका छन् । सुरक्षा कवज प्रयोग नगरी मजदुरहरुलाइ काममा लगाउदा जोखिम हुन्छ । मजदुरहरु दुर्घट्नामा पर्न सक्छन् र दुर्घटना पनि भैनैरहेको छ भन्दा अनुभव बिनाको कामदारहरू दुर्घटना मा पर्छन् भनेर आलोकाचो जवाफ दिन्छन् ठेकेदारहरु ।

मजदुरहरु सुरक्षाबिनै काम गरिरहदापनी सुरक्षा कवजको जरुरीबारे कसैले जानकारी दिनेगरेको पाइदैन । दुर्घटना परेका घाइतेहरुले न ठिक समयमा ठेकेदारको साथ पाएका छन् , न घरधनिको साथ उपचारको क्रम्मा अस्पतालले पैसा चार्ज गर्छ पैसा नभए थप उपचार गर्न मान्दैन अस्पताल म्यानेजमेन्ट , यस्तै देखिएको छ हेटौंडामा घर भत्काउने क्रममा दुर्घटना परि घाइते भएका मजदुरहरुको हकमा । यता ब्यापारीहरु भने जिर्ण भवनको छ्ततल बसेर ब्यापार गरिरहेका छन् ।

मङ्सिर २० गते सडक डिभिजन कार्यालयले सडक बिस्तार गर्ने भन्दै सडक छेउछाउ घरटहरामा डोजर चलाउदा घरका छत , बार्दलीहएरु झुन्डिएको अवस्थामा छन् । यस्तै ठाउँ मा पसल खोलेर ब्यापारीहरुले जोखिमपूर्ण काम गरिरहेको यत्रतत्र देख्न सकिन्छ । लोकल ब्यापारी त भएभए बिरगंज र जिल्ला बाहिरका ब्यापारीहरुपनि मौकाको फाइदा उठाउन हेटौंडामा पसल गर्न भारी सङ्ख्यामा आएका छन् । एकातिर घरको छ्त र बार्दली खसेर मानवीय छ्यती हुने डर त छदैछ । यहिबेलामा भुकम्प आयो भने ठुलो जनधनको क्षतिहुने कुरालाई पनि नकार्न सकिदैन ।

हेटौंडा उपमहानगर पालिका , मकवानपुर उद्योग बाणिज्य संघ , प्रशासन , मानव अधिकार कर्मी , नागरिक समाज लगायत सरोकारवाला संघसंस्थाको यतातिरपनी ध्यान जान जरुरी छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.