जनसंख्या नीति सार्वजनिककरण तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सचिव डाक्टर सुमित्रा गौतमको सभाध्यक्षतामा भएको १ दिवसीय कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य मन्त्राल बागमती प्रदेश मन्त्री किरण थापा मगर रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री थापा मगरले अवसरको अभाव र स्वास्थ्य जटिलताको कारण अस्वभाविक रूपमा बसाइसराइ बढेको भन्दै प्रदेश-प्रदेशमै अवसरको सृजना बिकास गर्नुपर्ने बताए उनले प्रदेश सरकारले यसको नीति छिट्टै सार्वजनिक गर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता जिल्ला समन्वय समिति मकवानपुर तथा जिल्ला समन्वय महासङ्घ बागमती परदेश समितिका अध्यक्ष ललित बहादुर घलानले देशमा रोजगार सृजना गर्न नसक्दा अस्वभाविक रुपमा वैदेशिक रोजगारको लागि भन्दै युवाहरु पलायन हुँदैछन् पलायनतालाई रोक्न नसकिएको कुरामा चिन्ता व्यक्त गरे । यसैगरी हेटौंडा उपमहानगर पालिकाकी मेयर मीनाकुमारी लामाले नेपाली युवाहरुले विश्वभरी राम्रो नाम र कामगेर र देश चिनाउने काम गरेका छन् यो गर्ब गर्नुपर्ने कुरा रहयोभने दक्ष जनशक्ति ठुलो सङ्ख्यामा बाहिरिदा देश बिकासमा बाधा पुगेकोमा चिन्ता व्यक्त गरिन् ।

वक्ताहरूले अस्वभाविक बसाइ सराइ र रोजगारको खोजीमा हुने दक्ष युवा जनशक्तिको पलायनता रोक्न छिट्टै नीति बनाउनुपर्नेकुरामा जोड दिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा भएको कार्यक्रममा जनसंख्या महासाखा उपसचिव झविन्द्र प्रसाद पाण्डे , मन्त्रालयका सहसचिव हेमराज सुवेदीले नेपालको जनसंख्या सम्बन्धि अवस्था र राष्ट्रिय जनसंख्या नीति २०८२ बारे कार्यपत्र प्रस्तुत गरेका थिए । लोम युएन माइग्रेशनको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका सचीव बाबुराम अधिकारी लगायत प्रदेश मन्त्रालयका सचिव तथा प्रतिनिधिहरु , जिल्ला समन्वय समिति तथा जिल्ला समन्वय महासङ्घ बागमती प्रदेश , हेटौंडा उपमहानगर पालिकाका प्रतिनिधिहरु , स्वास्थ्य निर्देशनालय , विश्वविध्यालय , लोम नेपाल , नागरिक समाज लगायत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.