५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजार भनेर ५ ठाउँलाई तोकेको भएतापनी ब्यापारीहरु ३ ठाउँमा बसेर ब्यापार गरिरहेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघ परिषर, सङ्गम चोकमा फुल तथा फलफुल, हेटौंडा अस्पताल अगाडि म्याजिक पार्कमा सबैखाले तिहार सम्बन्धित बजार राखिएको छ । हुन त तिहार लक्षित बजार हेटौंडा १० स्थित तिलगंगा आँखा अस्पताल पछाडीको खुला चौर र फरेष्ट्री क्याम्पसको पर्खाल अगाडिको खाली ठाउँमा तोकिएको भएतापनी अपाएक पर्ने भन्दै त्यहाँ ब्यापारीहरु नगएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए ।

उनका अनुसार तिहार बजार ब्यवस्थापन गर्न उपमहानगरपालिका लागिपरेको छ, फुल खेतीलाइ प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट आउने प्लास्टिकका फुलमाला प्रयोगमा रोक लगाइएको छ । स्थानीय बजार, लोकल उत्पादनलाई सबैमिलेर प्रवर्द्धन गर्नुपर्ने न्यौपानेको धारणा छ । लोकल बजार प्रवर्द्धनमा ब्यापारी , उपभोक्ता र सरकारले बराबरी भुमिका खेल्नुपर्छ, प्रवक्ता न्यौपाने भन्छन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.