मुख्यमन्त्री बानियाँद्वारा विपन्न मिठुमायाँका लागि नयाँ घर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफ्नै सेवा सुविधाबाट निर्माण गरिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरेकी मिठुमायाँ सुनारलाई आगामी आईतबार हस्तान्तरण गर्न लागेका छन् ।

मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर तिहारको अवसर पारेर कार्तिक २ गते बिहान मिठुमायाँलाई हस्तान्तरण गरिने उनकाे सचिवालयले जनाएको छ। यो हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बस्न पाउने भएकी छन्।

सचिवालयका अनुसार बानियाँको निर्वाचन क्षेत्र राक्सीराङ्ग गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङका लागि निर्माण भइरहेको अर्को घर पनि द्रुत गतिमा सम्पन्न हुँदैछ। सो घर कात्तिक महिनाभित्र हस्तान्तरण गरिने तयारी गरिएको छ।

मुख्यमन्त्री बानियाँले यसअघि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गरेका थिए।

बानियाँले आफ्नो नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमै आफूले पाउने तलब, भत्ता र सचिवालयका सेवासुविधा कटौती गरी ती रकम विपन्न परिवारका लागि घर निर्माणमा खर्च गर्ने घोषणा गरेका थिए।

त्यसै बैठकले आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरिया लगायत अति विपन्न समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्ने निर्णय गरेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.