हेटौंडामा जग्गा प्रशासन सम्बन्धी तीन दिने समीक्षा कार्यक्रम

हेटौंडा । हेटौंडामा जग्गा प्रशासनसँग सम्बन्धित समस्या पहिचान, सहजिकरण र व्यवस्थापनका विषयमा तीन दिने समीक्षा कार्यक्रम सुरु भएको छ।

भौतिक पूर्वाधार तथा अभिलेख विभागले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामको प्रगति विवरण सहितको समीक्षा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला र मधेस प्रदेशका ४ जिल्लाका प्रमुख मालपोत अधिकृतहरूको सहभागिता रहेको छ। उनीहरूले आफ्ना-आफ्ना जिल्लामा भएका काम तथा अनुभवका बारेमा प्रस्तुतिकरण गर्नेछन्।

समस्या समाधानका उपाय तथा सुधारका सम्भावनाबारे छलफल हुने कार्यक्रम भदौ १४ गतेसम्म चल्ने आयोजकले जनाएकाे छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.