हेटौँडा १७ मा धान दिवस मनाईयो

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले गत वर्ष झैं यस वर्ष पनि धान दिवश २०८२ कार्यक्रम गरी मनाएको छ । यसपटकहेटौंडा–१७ स्थित पत्केरी फाँटमा कृषक खुश प्रसाद सुवेदीको खेतमा धान रोपेर धान दिवश मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बागमतीप्रदेश सभा सांसद कुमारी मोक्तानले धान दिवस कार्यक्रम सान्दर्भिक रहेकाले कार्यक्रमको उद्देश्य पूरा होस् भन्ने कामना गर्नुहुँदै कृषि पेशालाई प्रोत्साहन तथा संरक्षण गर्नुपर्ने र कृषि नीतिलाई आधुनिकीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आजको कार्यक्रम मुल रुपमा धान रोपेर मनाउने दिन रहेको, मउवासंघ अन्तर्गत रहेको विभिन्न समितिहरु मध्ये कृषिप्रवद्र्धन समिति एक रहेको, गत महिनामात्र पालिकाका प्रमुखहरुलाई निम्त्याइ कृषि सम्बन्धी योजनासहितको प्रस्तुतिकरण कार्यक्रम गरिएको, कृषकहरुलाई लाभ पुगोस् भनेर कृषि प्रवद्र्धन समिति सक्रियतापूर्वक लागेकोबताउनुभएको थियो ।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा बामगती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघका पूर्वअध्यक्ष केशव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष िदपकउप्रेती, संघका राजश्व सल्लाहकार प्रदिप अर्याल, सचिव कुल प्रसाद चौलागाई, कृषि प्रवद्र्धन समिति संयोजक तथा कार्यसमिति सदस्य निलमकुमारी पाण्डे, कासस कृष्णहुमागाई र महिला उद्यमी विकास समितिका पूर्व कावा सभापति देवकुमारी ढकालको आतिथ्यता रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.