मकवानपुर । सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ ।

बुधबार हेटौंडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवार रहेका छन् । त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधि चयन गरेको छ ।

प्रथम जिल्ला सम्मेलनबाट निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए । साथै, सुनुवार सेवा समाज मकवानपुरका नवनिर्वाचित जिल्ला कार्यसमिति र प्रदेश तथा संघीय प्रतिनिधि, आजिवन सदस्यहरुलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवार, जिल्ला निर्वाचन समितिका संयोजक गोपालबहादुर सुनुवार लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाज तदर्थ समिति मकवानपुरका अध्यक्ष अर्जुनबहादुर सिकारी सुनुवारको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघीय उपाध्यक्ष तथ विदेश विभाग प्रमुख शिव सुनुवार, संघीय महासचिव एवं अनुशासन विभाग प्रमुख उत्तमकुमार सुनुवार, संघीय सचिव रमेश कुमार सुनुवार, सुनुवार सेवा समाज मकवानपुरका सल्लाहकार संयोजक ज्ञानचन्द्र सिकारी सुनुवार, सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


































































