कैलाश–९ का ३ वटा टोल पूर्ण सरसफाई उन्मुख टोल घोषणा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु भएको छ । जिल्लामै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा भएको हो । शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पुर्ण सरसफाइ उन्मुख हुने टोलहरु विर्ता , अम्बोटे , बरेटार रहेको छ ।

कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानको सभाध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले विकट गाउँहरुमा खानेपानीको पहुँचबाट टाढा छन् नागरिकहरु । विकट भौगोलिक अवस्थाको कारण खानेपानी र सरसफाई सम्बन्धी काम गर्नु चुनौती छ , आरआर .एनसँगको सहकार्यमा टोलटोलमा कामहरु गर्न सहज भएको बताए ।

हरेक टोललाई पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । अध्यक्ष मुक्तानले भने , अब टोलबाट सुरु भएको अभियान वडा हुँदै पालिकासम्म पुग्ने र वडा घोषणा सँगै पालिका घोषणा गर्ने लक्ष्य हाम्रो छ । उनले भने , हामीले यस अघि मकवानपुरमै पहिलो पटक चेलि प्रोत्साहन कार्यक्रम सुरुवात गरेका थियौं , अहिले खानेपानी र सरसफाई सम्बन्धी अभियान सुरु गरेका छौं ।

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर .आर .एन)सँगको सहकार्यमा गाउँपालिले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजना अन्तर्गत आर .आर . एनले गाउँ पालिकामा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँगको सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाकि सहायक महिला विकास निरीक्षक रमिला सापकोटाले जानकारी दिइन् ।

अध्यक्ष मुक्तानका अनुसार , अभियानको क्रममा घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको छ । उनका अनुसार घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने र्याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरीएको हुनुपर्ने छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल , आर .आर .एनका कार्यक्रम संयोजक लीलबहादुर कार्की लगायतले आफ्ना भनाई राखेका थिए

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.