Day: २०८३ असार १९, शुक्रबार १९:४३ गते

शंकर ज्योति माविमा ‘बाल संरक्षण मापदण्ड’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

शंकर ज्योति माविमा ‘बाल संरक्षण मापदण्ड’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–११ स्थित शंकर ज्योति माध्यमिक विद्यालयमा ‘विद्यालयका लागि बाल संरक्षण मापदण्ड, २०८२’ कार्यान्वयन र सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। सीविन बाल हेल्पलाइन हेटौँडाको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउने, बालअधिकारको संरक्षण गर्ने तथा विद्यालयमा सुरक्षित वातावरण निर्माण गर्ने विषयमा विशेष छलफल गरिएको थियो। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी विद्यालयहरूले आफ्नो संस्थागत तहमा बाल संरक्षण मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा सीविन बाल हेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले बाल संरक्षण मापदण्ड, बालबालिकासँग गर्न नहुने व्यवहार र उजुरी प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा हेटौँडा–११…
Read More
सरकारी विद्यालयमा किन बढ्दै छ आकर्षण ? हेटौंडाको शैक्षिक रूपान्तरणको कथा

सरकारी विद्यालयमा किन बढ्दै छ आकर्षण ? हेटौंडाको शैक्षिक रूपान्तरणको कथा

हेटौंडा । कुनै समय यस्तो थियो, सरकारी विद्यालय भनेपछि धेरै अभिभावकको मनमा पहिलो रोजाइ होइन, बाध्यताको विकल्प भन्ने धारणा थियो। निजी विद्यालयको चमकधमक, अङ्ग्रेजी माध्यमको आकर्षण र गुणस्तरीय शिक्षाको अपेक्षाले सामुदायिक विद्यालयहरू ओझेलमा पर्दै गएका थिए। तर समय फेरिएको छ। आज हेटौंडाका धेरै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै भर्नाका लागि अभिभावकहरूको भीड लाग्ने दृश्य सामान्य बन्दै गएको छ। केही विद्यालयमा त सिट सीमित हुँदा सबै इच्छुक विद्यार्थीलाई भर्ना गर्नसमेत कठिन हुने अवस्था देखिन थालेको छ। यो परिवर्तन कुनै संयोग होइन। स्थानीय सरकार गठनपछि हेटौंडा उपमहानगरपालिकाले शिक्षालाई विकासको केन्द्रबिन्दु बनाउँदै अघि सारेका नीति, कार्यक्रम र सुधारका योजनाहरूको परिणाम…
Read More
हेटौँडा-७ लाई प्लाष्टिकमुक्त वडा घोषणा

हेटौँडा-७ लाई प्लाष्टिकमुक्त वडा घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमुक्त अभियानलाई तीव्रता दिएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बागमती प्रदेशमै पहिलोपटक हेटौँडा–७ लाई 'पातलो प्लाष्टिक झोला प्रयोगमुक्त वडा' घोषणा गरिएको छ। नगरप्रमुख मीनाकुमारी लामाले प्लाष्टिकजन्य प्रदूषणले वातावरण र मानव स्वास्थ्यमा गम्भीर चुनौती थपेको भन्दै यो अभियानलाई क्रमशः उपमहानगरका सबै वडामा विस्तार गरिने बताउनुभयो। “वातावरण संरक्षणका लागि प्लाष्टिकको प्रयोग न्यूनीकरण अपरिहार्य छ,” उहाँले भन्नुभयो, “वडाबाट सुरु भएको यो प्रयासमा स्थानीय महिला, विद्यार्थी, टोल विकास संस्था र आमा समूहको भूमिका निर्णायक रहनेछ।” बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजनाअन्तर्गत 'एक जिल्ला, एक वडा प्लाष्टिक मुक्त' अभियानका रूपमा सञ्चालित यो कार्यक्रममा…
Read More
मेयर लामाको पत्रकारलाई सन्देश: ‘केन्द्रसँग प्रतिस्पर्धा गर्नोस्’

मेयर लामाको पत्रकारलाई सन्देश: ‘केन्द्रसँग प्रतिस्पर्धा गर्नोस्’

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले पत्रकारहरूलाई काठमाडौँको मूलधारको पत्रकारितासँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित ‘फिचर लेखन प्रतियोगिता’का विजयी पत्रकारहरूलाई बधाई दिँदै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नुभएको हो। नगर प्रमुख लामाले हेटौँडा प्रदेशको राजधानी र संघीय राजधानीसँग जोडिएको हुनाले अब यहाँका पत्रकारहरूलाई 'मोफसल'को पत्रकार भन्ने छुट नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमहरूलाई अब स्थानीय मात्र नभनी राष्ट्रिय स्तरसँगै प्रतिस्पर्धामा उत्रिन र हेटौँडालाई पत्रकारिताको केन्द्र बनाउन मेरो आग्रह छ।” पत्रकारिता समाजको ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीले आफ्नो हतियार र सम्पत्तिको रूपमा रहेको ‘विश्वास’लाई जोगाउनुपर्नेमा जोड दिनुभयो। “अहिले जानकारीको अभाव छैन, तर…
Read More
७ दिनमै नतिजा सार्वजनिक गर्दै बागमती विश्वविद्यालयको उदाहरणीय कदम, उच्च शिक्षामा नयाँ मापदण्ड स्थापित

७ दिनमै नतिजा सार्वजनिक गर्दै बागमती विश्वविद्यालयको उदाहरणीय कदम, उच्च शिक्षामा नयाँ मापदण्ड स्थापित

हेटौँडा । बागमती विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धतालाई व्यवहारमै उतार्दै पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सम्पन्न भएको सातौँ दिनमै सार्वजनिक गरेको छ। विश्वविद्यालयअन्तर्गत सञ्चालित तीनवटै स्नातक संकायको नतिजा एकैसाथ प्रकाशन गर्दै विश्वविद्यालयले नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको हो। नेपालमा विश्वविद्यालयहरूको परीक्षाफल आउन प्रायः महिनौँसम्म कुर्नुपर्ने अवस्था रहँदै आएको सन्दर्भमा बागमती विश्वविद्यालयको यो कदमलाई समयसापेक्ष, विद्यार्थीमैत्री र परिणाममुखी शैक्षिक व्यवस्थापनको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ। विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई चुस्त, विश्वसनीय र समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार यो सफलता हासिल गरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.