Day: २०८३ बैशाख २, बुधबार ०७:५५ गते

प्रेस स्वतन्त्रता र पत्रकार अधिकारमा केन्द्रित ‘हेटौँडा घोषणापत्र २०८२’ जारी

प्रेस स्वतन्त्रता र पत्रकार अधिकारमा केन्द्रित ‘हेटौँडा घोषणापत्र २०८२’ जारी

हेटौँडा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र सञ्चार क्षेत्रको दीगो विकासलाई मुख्य एजेन्डा बनाउँदै नेपाल पत्रकार महासंघले १७ बुँदे ‘हेटौँडा घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित उक्त घोषणापत्र यही चैत २८ र २९ गते हेटौँडामा सम्पन्न बैठकपछि सार्वजनिक गरिएको हो। घोषणापत्रमार्फत महासंघले प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन, सञ्चार क्षेत्रको आर्थिक सुदृढीकरण, श्रमजीवी पत्रकारको हकहित सुनिश्चितता तथा सामाजिक सुरक्षाको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको जनाएको छ। साथै लोकतान्त्रिक मूल्य, उत्तरदायी शासन प्रणाली र सञ्चार क्षेत्रको संस्थागत विकासमा स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेकोमा जोड दिइएको छ। महासंघले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति कडा…
Read More
नयाँ वर्षको उत्साहमा हेटौँडामा खुला दौड: राजकुमार गोले प्रथम

नयाँ वर्षको उत्साहमा हेटौँडामा खुला दौड: राजकुमार गोले प्रथम

हेटौँडा । नयाँ वर्ष २०८३ को अवसर पारेर हेटौँडामा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिको आयोजनामा भएको प्रतियोगितामा बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्। प्रतिस्पर्धात्मक दौडमा बकैयाकै अनिष थिङले दोस्रो स्थान हासिल गर्दा राक्सिराङका सुभाष हेमजंग तेस्रो स्थानमा सीमित भए। विजेताहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। महिला तर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम, सोही स्थानकी गंगा मोक्तान दोस्रो र हेटौँडा–३ की स्वस्तिका थिङ तेस्रो भएकी छन्। उनीहरूले पनि नगद पुरस्कारसहित सम्मान प्राप्त गरेका छन्। कार्यक्रम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.