२०८२ जेष्ठ ९, शुक्रबार १७:४९ गते
२०८२ जेष्ठ ९, शुक्रबार १७:४९ गते
हेटौंडा । पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटनामा वृद्धि भइरहेकामा नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो अवस्था जारी रहँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको र यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट व्यहोर्नुका साथै आर्थिक क्षति बेहोर्नु परेको जनाउँदै चिन्ता व्यक्त गरेको हो। कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले पुल भाँचिनुका पछाडि मुख्यतः क्षमताभन्दा बढी भार बोकेका ट्रकहरू जिम्मेवार रहेको दाबी गर्नुभयो। उहाँले विशेषगरी भारतीय नम्बर प्लेटका मालवाहक गाडीले ओभरलोडिङ गर्दा पुराना तथा मर्मतविहीन पुलहरू भाँचिएको उदाहरण प्रस्तुत गर्नुभयो। गत २०८२ वैशाख…