समाचार

बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । यस्तै, शिविरमा ७९ जनाले पाठेघर सम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले…
Read More
हेटौँडाबाट १७५ किलो गाँजासहित २ जना पक्राउ

हेटौँडाबाट १७५ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्टस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट बुधबार दिउँसो अवैध १७५ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने वर्ष २४ को सुमन लामा र सोही गाउँपालिका–११ बस्ने वर्ष २४ को सुशिल भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, दिउँसो १२ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा. प्रदेश ०३–००१ च १५८४ नम्बर को पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो । सो क्रममा गाडीको ढालामा खाली क्रेटहरुले छोपी लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद…
Read More
मउवा संघको अध्यक्षमा प्रमोद सिंह रानाभाटको उम्मेदवारी घोषणा

मउवा संघको अध्यक्षमा प्रमोद सिंह रानाभाटको उम्मेदवारी घोषणा

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले संघको अध्यक्ष पदका लागि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौँडाको पल्पसा रोडस्थित एक कार्यक्रममार्फत रानाभाटले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै नयाँ सचिवालयको उद्घाटन गरेका छन्। सचिवालयको उनका पिता डम्बर बहादुर रानाभाटले रिबन काटेर औपचारिक उद्घाटन गरे । सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित व्यावसायी तथा संघका सदस्यहरूमाझ बोल्दै रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए। उनले व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। रानाभाटले कार्यक्रममा भने,…
Read More
हेटौँडाबाट छतिवन गएको बस दुर्घटना, २२ घाईते

हेटौँडाबाट छतिवन गएको बस दुर्घटना, २२ घाईते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तिनतले घुम्तीस्थित धरान चतरा सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नं. को बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो। घाइतेलाई प्रहरीले उद्दार गरी उपचारको लागी हेटौँडा सहकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। ३७ जना सवार रहेको उक्त बस सडकबाट अंदाजी ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक हेटौँडा-१२, पदमपोखरीका ४५ वर्षीय टिकाराम लामा प्रहरीको नियन्त्रणमा रहेको छ। सबै घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।
Read More
हेटौँडामा पत्रकार महासंघको कार्यालयमा तालबान्दी

हेटौँडामा पत्रकार महासंघको कार्यालयमा तालबान्दी

मकवानपुर । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा महासंघले पक्षपात गरेको भन्दै मंगलबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर शाखा कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो पक्षपाती ढंगले क्रियाशिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले पनि बेवास्ता गर्दै पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता वितरण गरेको भन्दै अनिस्चित कालिन तालाबन्दी गर्दै महासंघको ध्यानाकर्षण गराइएको प्रेस चौतारीले जनाएको छ ।
Read More

शौचालयमा लडेर हेटौँडामा एकको मृत्यू

मकवानपुर । मकवानपुरको हेटौंडामा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, कल्यानटार बस्ने २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो मंगलबार साँझ पौने ६ बजेको समयमा राई आफ्नै घरको शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस् भएका थिए । लडेर बेहोस् भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । मृतक राईको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरी नायव उपरीक्षक अर्यालले…
Read More
हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्षले लिए शपथ

हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्षले लिए शपथ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् ।नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका तिवारी २ हजार ६३ मत प्राप्त गर्दै १२ नं. को वडाध्यक्षमा निर्वाचित भएका हुन् । शपथ ग्रहणपश्चात अध्यक्ष तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने दृढता व्यक्त गरे । राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने जोड दिँदै उनले १२ नं. वडामा विकासको मुहार फेर्ने गरी…
Read More
हेटौंडाबाट १११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडाबाट १११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, तिनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट प्रहरीले सोमबार अवैध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा एक सय ११ किलोसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार दिउँसो सवा १ बजेको समयमा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा १० च ५३३ नं. को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गरिएको थियो । चेकजाँचको…
Read More
बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

मकवानपुर ।बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती…
Read More
बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

मकवानपुर । हेटौंडाको बसामाडीमा वृहत स्वास्थ्य शिविर हुने भएको छ । २० मंसिरमा जेसिआई हेटौंडाको आयोजनामा निःशुल्क आँखा शिविर तथा पाठेघर चेक जाँच सम्बन्धी स्वास्थ्य शिविर हुन लागिएको हो । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३, बसामाडीको सह–आयोजनामा हुन लागिएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग रहने आयोजकले जानकारी दिए । शिविरमा निःशुल्क आँखा शिविर र स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विशेषज्ञद्वारा महिलाहरुको पाठेघर सम्बन्धी चेक जाँच गरिने आयोजकले जनाएको छ । ३ नम्बर वडाका बासिन्दा लक्षित शिविर हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयको प्राङ्गणमा बिहान ०९ः०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म सञ्चालन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.