हेटौँडाबाट छतिवन गएको बस दुर्घटना, २२ घाईते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तिनतले घुम्तीस्थित धरान चतरा सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नं. को बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

घाइतेलाई प्रहरीले उद्दार गरी उपचारको लागी हेटौँडा सहकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। ३७ जना सवार रहेको उक्त बस सडकबाट अंदाजी ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक हेटौँडा-१२, पदमपोखरीका ४५ वर्षीय टिकाराम लामा प्रहरीको नियन्त्रणमा रहेको छ। सबै घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.