समाचार

मुख्यमन्त्री बानियाँको आरोप: “गणतन्त्रको व्यवस्थाभित्र बसेर संघीयता र गणतन्त्रको विरोध”

मुख्यमन्त्री बानियाँको आरोप: “गणतन्त्रको व्यवस्थाभित्र बसेर संघीयता र गणतन्त्रको विरोध”

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भित्र रहेर चुनाव जितेका दलहरु नै अहिले व्यवस्थालाई चुनौती दिन थालेको आरोप लगाउनुभएको छ। नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको बधाई, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राप्रपा र रास्वपा जस्ता दलहरु संघीयता र गणतन्त्रको विरोधमा उत्रिएको बताउनुभयो। “संघर्ष र बलिदानबाट प्राप्त यो व्यवस्थाभित्र रहेर तलब भत्ता खाने अनि व्यवस्थालाई बदनाम गराउने? यस्तो दोहोरो चरित्रप्रति जनता सजग हुनुपर्छ,” उहाँको भनाइ थियो। मुख्यमन्त्री बानियाँले यदि व्यवस्था नमान्ने हो भने राप्रपा र रास्वपाले तलब भत्ता नलिने आँट गर्नुपर्ने चुनौती समेत दिनुभयो। मुख्यमन्त्री बानियाँले आफ्नो प्रमुख उद्देश्य जनताको सेवा…
Read More
मुख्यमन्त्री बानियाँको प्रतिबद्धता: बागमती प्रदेशमा भ्रष्टाचार हुन दिने छैन

मुख्यमन्त्री बानियाँको प्रतिबद्धता: बागमती प्रदेशमा भ्रष्टाचार हुन दिने छैन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदमा रहेसम्म प्रदेशमा भ्रष्टाचार सहन नदिने स्पष्ट घोषणा गर्नुभएको छ। नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भ्रष्टाचारमुक्त प्रदेश निर्माण गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जबसम्म म मुख्यमन्त्री छु, तबसम्म प्रदेशमा भ्रष्टाचारको कुरा सुन्नुपर्ने अवस्था आउँदैन।” भ्रष्टाचार गर्ने चाहे मन्त्री होस् वा कर्मचारी, कसैलाई पनि उन्मुक्ति नदिइ कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ छ। कार्यक्रममा मुख्यमन्त्री बानियाँले यातायात व्यवसायीप्रति सरकारको सकारात्मक दृष्टिकोण रहने भन्दै उत्साहजनक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थामा रहेका राष्ट्रिय राजमार्गहरूको मर्मत र पथलैया–हेटौंडा–नारायणगढ सडक…
Read More
ज्योति सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

ज्योति सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडा–१८ स्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहले नवनिर्मित भवनको उद्घाटनको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा समूहका अध्यक्ष रामबाबु खतिवडाले समी, म्याङ्गो स्टिक, करबीर, कल्की लगायतका विभिन्न प्रजातिका विरुवाहरु नवनिर्मित भवन वरिपरि रोपिएको जानकारी दिए। उनले विरुवा रोप्नु मात्र पर्याप्त नभई यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। विश्व वातावरण दिवसको अवसर पारेर समूहले उपभोक्ताहरुलाई वितरण गर्न विभिन्न प्रजातिका ४ सय विरुवा तयारी अवस्थामा रहेको समेत अध्यक्ष खतिवडाले जानकारी दिए। कार्यक्रममा समूहका उपाध्यक्ष रेखा खतिवडा, वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव वरुण खतिवडा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, बद्रीनाथ अधिकारी, कालिका…
Read More
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाका आधारमा लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–२, शान्तिटोल निवासी ३० वर्षीय युवकलाई साउन २० गते दिउँसो ४ बजे शंका लागी खानतलासी गर्दा लागूऔषधसहित फेला पारिएको हो। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम खैरो पदार्थ र ट्रामाडोलजस्तो देखिने २ ग्राम २० मिलिग्राम धुलो पदार्थ बरामद गरिएको छ। पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान जारी राखेको जनाएको छ।
Read More
बागमती प्रदेशमा आठ मन्त्रीले गरे शपथ ग्रहण, कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट

बागमती प्रदेशमा आठ मन्त्रीले गरे शपथ ग्रहण, कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकारको गठनसँगै आठ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमध्ये ६ जना नेकपा एमाले र २ जना नेपाली कांग्रेसबाट छन्। मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री पदमा नियुक्त गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनाइएको छ…
Read More
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिपछि बानियाँले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्। यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन सहित बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न दाबी पेश गरेका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत गरेका थिए, जसलाई आधार मान्दै प्रदेश प्रमुखले उनलाई नियुक्त गरेका हुन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले केही दिनअघि राजीनामा दिएपछि प्रदेश सरकार नेतृत्वको पद खाली थियो।…
Read More
ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित डाक्टर टोनि हेगन पार्क परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रमका बीच ‘ज्येष्ठ नागरिक मञ्च, हेटौंडा–१०’ लाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा स्मार्ट टिभी, मादल, हार्मोनियम, साउण्ड सिस्टम लगायतका सामग्रीहरू मञ्चलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ रहेका थिए। मञ्चका अध्यक्ष पदम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका नगर अध्यक्ष रामचन्द्र ढकाल, महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै यस्ता सामग्रीले उनीहरूको दैनिक क्रियाकलापमा थप सहजता र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त…
Read More
हेटौंडा उपमहानगरद्वारा खेलाडीलाई सम्मान

हेटौंडा उपमहानगरद्वारा खेलाडीलाई सम्मान

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले क्योकुशिन करातेका खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरेको छ । क्योकुशिन कराते संघ बालकुमारी (iko union) मकवानपुरका प्रतिभावान खेलाडी खतिवडाले बिदेशी भुमि अजरबैजानको बाकु शहरमा जुलाई २६ देखि २८ सम्म भएको ईन्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियन सीप २०२५ खेलमा स्वर्ण, किकबक्सिङ्गमा सिल्बर पदक हातपार्न सफल भै हेटौंडाको मात्र नभएर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उपमहानगरको आफ्नै कार्यकक्षमा उनलाई कदर पत्रले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ, मकवानपुर खेलकुद बिकास समितिका पुर्व अध्यक्ष सानू लामा, क्योकुशिनका…
Read More
बागमतीमा कांग्रेस–एमाले गठबन्धनबाट इन्द्रबहादुर बानियाँद्वारा मुख्यमन्त्रीमा दाबी

बागमतीमा कांग्रेस–एमाले गठबन्धनबाट इन्द्रबहादुर बानियाँद्वारा मुख्यमन्त्रीमा दाबी

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रयास अन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गरेका छन्। बानियाँले कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा मुख्यमन्त्री बन्ने दाबी सोमबार प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका हुन्। कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी कुल ६४ जना सांसदहरूको समर्थन रहेको उल्लेख गर्दै बानियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको माग गरेका हुन्। बागमती प्रदेश सभामा कुल ११० सदस्य छन्। दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाको हस्ताक्षर रहेको छ। यसअघि प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै संविधानको…
Read More
हेटौँडा–१ का वडाअध्यक्षमाथि अमानविय व्यवहार गरेको आरोपमा एक पक्राउ

हेटौँडा–१ का वडाअध्यक्षमाथि अमानविय व्यवहार गरेको आरोपमा एक पक्राउ

हेटौंडा । वडा कार्यालयमै प्रवेश गरी वडा अध्यक्षमाथि अमानवीय र अपमानजनक व्यवहार गरेको आरोपमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्। २०८२ साल असार ४ गते हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेलाई कार्यालयमै आएर अपमानजनक व्यवहार गरी फरार रहेका मध्येका एक मनहरी गाउँपालिका–२ का विजय थिङ लामा (उर्फ नेप्टे) लाई साउन १८ गते कमाने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि जारी रहेको जनाइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.