हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाका आधारमा लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–२, शान्तिटोल निवासी ३० वर्षीय युवकलाई साउन २० गते दिउँसो ४ बजे शंका लागी खानतलासी गर्दा लागूऔषधसहित फेला पारिएको हो। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम खैरो पदार्थ र ट्रामाडोलजस्तो देखिने २ ग्राम २० मिलिग्राम धुलो पदार्थ बरामद गरिएको छ।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिकृया दिनुहोस्





























