Day: २०८२ श्रावण २१, बुधबार २२:०५ गते

ज्योति सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

ज्योति सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडा–१८ स्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहले नवनिर्मित भवनको उद्घाटनको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा समूहका अध्यक्ष रामबाबु खतिवडाले समी, म्याङ्गो स्टिक, करबीर, कल्की लगायतका विभिन्न प्रजातिका विरुवाहरु नवनिर्मित भवन वरिपरि रोपिएको जानकारी दिए। उनले विरुवा रोप्नु मात्र पर्याप्त नभई यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। विश्व वातावरण दिवसको अवसर पारेर समूहले उपभोक्ताहरुलाई वितरण गर्न विभिन्न प्रजातिका ४ सय विरुवा तयारी अवस्थामा रहेको समेत अध्यक्ष खतिवडाले जानकारी दिए। कार्यक्रममा समूहका उपाध्यक्ष रेखा खतिवडा, वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव वरुण खतिवडा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, बद्रीनाथ अधिकारी, कालिका…
Read More
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाका आधारमा लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–२, शान्तिटोल निवासी ३० वर्षीय युवकलाई साउन २० गते दिउँसो ४ बजे शंका लागी खानतलासी गर्दा लागूऔषधसहित फेला पारिएको हो। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम खैरो पदार्थ र ट्रामाडोलजस्तो देखिने २ ग्राम २० मिलिग्राम धुलो पदार्थ बरामद गरिएको छ। पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान जारी राखेको जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.