२०८१ कार्तिक २५, आईतवार १४:५८ गते
२०८१ कार्तिक २५, आईतवार १४:५८ गते
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित हात्तिलेट टोल विकास संस्थाको अध्यक्षमा बलभद्र खतिवडा सर्वसम्मत चयन भएका छन् । संस्थाको आज भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट खतिवडाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा बिमला विष्ट, सचिवमा विष्णु बास्तोला, सहसचिवमा उमा दुलाल र कोषाध्यक्षमा रत्न सापकोटा चयन भएका हुन् । खतिवडाको सभाध्यक्षतमा भएको साधारण सभामा वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।